Latest
img

तपाईंको आजको राशिफल (२०७९ भाद्र १ गते, बुधवार)

आज २०७९ भाद्र १ गते, बुधवार तदअनुसार १७ अगस्ट सन् २०२२ भाद्र कृष्णपक्ष षष्ठी तिथि । तपाईंको भग्यफल बताउने आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मेष राशि हुने हरुको लागि आजको दिन उत्तम खालको रहेको छ ।
अपुरा काम हरु पूरा हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। व्यापार व्यवसाय मा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
वृष राशि हुने हरुको लागि आजको दिन माध्यम खालको रहेको छ । नसोचेको कुराहरूले खर्च बढ्ने देखिन्छ । व्यापार व्यवसाय बाट सोचे जस्तो आम्दानी लिन सकिने छैन, आफन्त हरु टाढिँदै जानेछन् ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : मिथुन राशि हुने हरुको लागि आजको दिन माध्यम खालको रहेको छ । व्यापार व्यवसाय मा सोचे जस्तो आम्दानी लिन सक्नुहुनेछ, नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने सोचेर मात्र सुरु गर्नुहोला । कर्जा र उधारो व्यापारमा चनाखो रहन पर्ने देखिन्छ । स्वास्थ्य सामान्य रहने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : कर्कट राशी हुने हरुको लागि आजको दिन राम्रो रहेको छ । मन प्रसन्न रहने छ । गरेको काम मा सफलता मिल्ने छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने योग रहेको छ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। मान सम्मान र प्रतिष्ठा प्राप्त हुने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशी हुने हरुको लागि आजको दिन विशेष खालको रहेको छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लाेकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। स्वास्थ्य मा सुधार आउने छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : कन्या राशि हुने हरुको लागि आजको दिन त्यति राम्रो छैन, अवस्थामा समस्या आउन सक्नेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। खर्च बढ्ने छ ।

तुला राशि : (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुने हरुको लागि आजको दिन राम्रो रहेको छ । प्रेममा सफलता मिल्ने छ । नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ । व्यापार व्यवसाय बाट सोचेभन्दा बढी आम्दानी मिल्ने देखिन्छ । परिवारजनको साथ मिल्ने छ । विवादइत कुरामा आफ्नो कुरा राख्दा ध्यान दिएर बोल्नु होला, अनवसेक झमेलामा पार्न सक्नुहुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : वृश्चिक राशि हुने हरुको लागि आजको दिन राम्रो रहेको छ । नयाँ कार्यको सुरुवात गर्ने योग छ । रोकिएको काम हरु पूरा हुनेछन् । आफ्ना योजना हरु गोप्य राख्दै अगाडि बढ्नु होला । खर्च बढ्ने छ । नयाँ ठाउँको यात्राको हुने देखिन्छ । स्वास्थय सवाल नै रहने छ । व्यप्र बाट फाइदा मिल्ने छ ।


धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
: धनु राशि हुने हरुको लागि आजको दिन माध्यम खालको देखिन्छ । टाढाको यात्रा गर्दै हुनुहुन्छ भने यात्रा फलदायी रहनेछ छ । अध्ययन मा त्यति रुचि रहने छैन । व्यापार व्यवसाय बाट सोचे जस्तो आम्दानी लिन सक्नुहुने छैन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि हुने हरुको लागि आजको दिन ठिकै खालको रहेको छ
समय केही असहज बन्नाले सामान्य कामलाई पनि धेरै मिहिनेत गर्नुपर्ला। आफ्नै भन्ने हरुबाट विश्वासघात हुन सक्ने छ । व्यापार व्यवसाय बाट सोचे जस्तो फाइदा लिन सक्नुहुने छैन । इष्टमित्र र शुभचिन्तकहरू बाट नै असहयोग मिल्ने छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशी हुने हरुको लागि आजको दिन राम्रो रहेको छ। व्यापार व्यवसाय बाट सोचेभन्दा बढी आम्दानी हुने छ । नयाँ कार्यको सुरुवात गर्ने योग छ । चिताएको काममा सफलता मिल्ने छ ।मन मा उत्साह जाग्ने छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मिन राशी हुने हरुको लागि आजको दिन माध्यम खालको रहेको छ । लाेकप्रियता गुम्न सक्छ । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। अध्ययनमा सफलता मिल्ने छ । स्वास्थ्य माध्यम रहने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment