Latest
img

Breaking: मेस्सिको जादुमय गोलमा मेक्सिकोलाई हराउदै अर्जेन्टिना बिजयी

चर्को दबाब र तनावबीच अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा कठिन जित निकाल्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा आफूलाई जीवितै राखेको छ । अन्तिम खेलअघि नै समूह चरणबाटै बारिहनबाट बच्न मेक्सिकोविरुद्धको खेलमा जित्नैपर्ने दबाब लिएर उत्रिएको अर्जेन्टिनाले २–० को ज्यादै संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ को सम्भावना जीवित राखेको हो ।

र, अन्तिम खेल खेल्नुअघि नै समूह चरणबाटै आउट हुनबाट तत्कालका लागि बचेको पनि छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी मुख्य नायक बने ।नेपाली समय अनुसार आइतबार बिहान भएको समूह ‘सी’को दोस्रो खेलमा साउथ अमेरिका महादेशको अर्जेन्टिनाले उत्तरी अमेरिकाको परिचित मेक्सिकोलाई दबाबका बीच हराउने क्रममा कप्तान लियोनल मेस्सी हिरो बने ।

उनले दोस्रो हाफमा गरेको १ शानदार गोल र १ असिस्टको मदतमा अर्जेन्टिना प्रतियोगितामा जीवित रहेको छ । र, उसले अब अन्तिम १६ प्रवेशका लागि समूहको शीर्ष स्थानमा रहेको पोल्यान्डसँग निर्णायक प्रतिस्पर्धा गर्नेछ ।लुसाइल स्टेडियममा मध्यराति १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफ गोलरहित ०–० मा सकिएको थियो ।

पहिलो हाफमा अर्जेन्टिना मेक्सिकोसँग निकै निरीह देखिएको थियो । पहिलो हाफमा अर्जेन्टिनाले जम्मा एकपटक मात्रै मेक्सिकोको पोस्टतर्फ मुभ बनाउँदा अन टार्गेट सट त जिरो नै थियो । मेक्सिकोले भने पहिलो हाफमा ३ पटक सट हान्दा एउटा शानदार फ्रि किक सट अन टार्गेट थियो, जसलाई गोलकिपर इमिलियानो मार्टिनेजले बडा मुस्किल गरी शानदार ढंगले बचाएका थिए ।

खेलको सातौं मिनेटमा पनि मेक्सिकोले एक अवसर सिर्जना गरेको थियो ।पहिलो हाफमा दुवै तर्फबाट गोलको खडेरी तोडिन नसकेको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा केही गति बढाएर सुरुआत गरेको थियो । सोही क्रममा ६४औं मिनेटमा मेस्सीले लामो दूरीबाट भुइँ सटमा बडा शानदार गोल गरेर टिमलाई अग्रता दिलाए ।

एन्जल डि मारियाको पासमा उनले हानेको शक्तिशाली लो सटलाई मेक्सिन टिमका अनुभवी गोलकिपर ओचोआले रोक्न सकेनन् । र, बलले जाली चुम्यो । मेस्सीको त्यही गोल अर्जेन्टिनको जितको मुख्य टर्निङ प्वाइन्ट थियो ।त्यसपछि खेलको ८७औं मिनेटमा सब्सिच्यूठट

खेलाडी इन्जो फर्नान्डेजले रकेट सटमा शानदार गोल गरेपछि अर्जेन्टिनाको जित पक्का भएको थियो । युवा खेलाडी इन्जोले बेन्चबाट आएको गोलमा कप्तान मेस्सी आफैंले असिस्ट प्रदान गरेका थिए । सो गोलसँगै अर्जेन्टिनाको जित सुनिश्चित भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment