Latest
img

चितवनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी, अनुसन्धान गरिदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको बताए । घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।त्यस्तै उता कैलाली नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तो’ डफोड गरेका छन् ।

शनिबार राति कैलालीको घोडाघोडी नगरपालिकामा मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा म’ दिरा से’ वन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनिहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्र’ हार गरेपछि टेबुल फुटेका छन् ।घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले बताए ।

यो पनि -भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन् ।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए । आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार स्थानीयको सडकको समस्यालाई समाधान गर्न ‘फिल्ड’मै पुगे।

सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचित सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाए । “यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु”, सांसद लामिछानेले भने ।

उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । “तपाईँहरू मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु ।तपाईहरूका लागि अब म लड्ने हो । तपाईहरूले मलाई भोट हालिसक्नुभा’छ”, उनले भने ।

उनले जितपश्चात अब बधाइ खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए । त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उनको भनाइ छ । “मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ड ग¥यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुप¥यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुप¥यो”, नवनिर्वाचित सांसद लामिछानेले भने ।

“मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईँहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला”, उनले सबैलाई अनुरोध गर्दै भने ।अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इञ्जीनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराए ।

ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने, “विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ”, उनले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताए । “यो मङ्सिरभित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन”, उनले भने ।

यस्तै इञ्जीनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताए । विद्युत्को पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताए । अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनााए ।

स्थानीय यमलाल कँडेलले भने, “यस्ता प्रतिबद्धता उहाँहरूले धेरै गर्नुभयो तर बाटो बनेन, अहिले फेरि प्रतिबद्धता जनाउनुभयो अबचाहिँ काम होस् ।” करिब तीन हजार एक सय मिटर उक्त सडकखण्डमा दुई हजार छ सय मिटर कालोपत्र निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ ।

अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ । सो क्रममा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरी काम अघि बढेको बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment