काठमाडौँ – फिफा विश्वकप २०२२ हेर्न कतार पुगेको वेल्सका ६२ वर्षिय केभिन डेभिजको नि’ धन भएको छ ।विश्वकप हेर्न आफ्नो छोरा र केही साथीसँग कतार पुगेको केभिनको शनिबार नि’ धन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
कतारको दोहामा रहेको बेला केभिनको प्राकृतिक कारणले नि’ धन भएको संचारमाध्यमहरुमा खबर छ ।केभिनको मृ’ त शरिरलाई वेल्स् पुर्याउनका लागि कतारको दोहास्थित बेलायती कन्सुलर र पेज्स् फुटबल सपोटर्स एशोसिएसनको सहयोग समेत हुनेछ ।वेल्स् फुटबल संघले पनि केभिनको परिवारसँग सम्पर्क गरेर पूर्ण सहयोग गर्ने घोषणा गरिसकेको छ ।
यस्तै संघले केभिनको निधन प्रति दुःख ब्यक्र गर्दै गहिरो संवेदना प्रकट गरेको छ ।उता अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र इन्जो फर्नान्डेजले एक एक गोल गरे ।प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।खेलको ६४औं मिनटमा एन्जल डी मारियाको असिस्टमा मेस्सीले २५ यार्डको दूरीबाट गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यसपछि खेलको ८७औं मिनटमा मेस्सीको असिस्टमा इन्जोले गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए ।जितसँगै अर्जेन्टिना समूह ‘सी’ को दुई खेलमा तीन अंक बटुल्दै दोश्रो स्थानमा उक्लिएको छ । यता हार खेप्दै समूहको पुछारमा झरेको मेक्सिकोको समान खेलमा एक अंक छ ।
मेक्सिकोमाथि जित निकाल्दै अर्जेन्टिनाले राउण्ड अफ १६ पुग्ने सम्भावनालाई बलियो बनाएको छ । यो समूहबाट नकआउट चरणमा पुग्ने टोलिको टुङ्गो अब समूह चरणको अन्तिममा बाँकी रहेका खेलहरुबाट लाग्नेट ।समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले चार अंकसहित शिर्ष स्थानमा रहेको पोल्याण्डसँग खेल्नेछ
मेक्सिकोले तीन अंकसहित तेश्रो स्थानमा रहेको साउदी अरेबीयाको सामना गर्नेछ ।पहिलो खेलमा अर्जेन्टिना अप्रत्याशित रुपमा साउदीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
Leave A Comment