काठमाडौं– अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीका नाममा फिफा विश्वकप फुटबलमा एक नयाँ रेकर्ड थपिएको छ । गत राति समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्ने क्रममा मेस्सीका नाममा यस्तो रेकर्ड बनेको हो ।
अन्तिम खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिनबाट बच्न र अन्तिम १६ को ढोका खुला गर्न जित्नैपर्ने दबाब बीच अर्जेन्टिनाले मेक्सिकोलाई संघर्षका साथ २–० ले हरायो । हारे गत राति नै विश्वकपबाट आउट, जिते प्रतियोगितामा जीवित रहने खेलमा अर्जेन्टिनाको जितमा मेस्सीले प्रेरणादायी प्रदर्शन गरेका थिए ।
उनको खेल ०–० भएका बेला दोस्रो हाफमा शानदार गोल गरेर टिमलाइई अग्रता दिलाए भने दोस्रो गोलमा सुन्दर असिस्ट पनि गरे । अनि खेल अर्जेन्टिनाले २–० ले जित्यो । मेस्सी खेलको म्यान अफ् द म्यान पनि चुनिए । पहिलो खेल साउदी अरबसँग २–१ ले हार्दा आलोचित बनेका मेस्सीले गत राति टिमको जितमा निर्णायक भूमिका खेलेर आलोचनालाई छोपे ।
अनि, समर्थकलाई पनि निराशाको मुखैबाट खुसीको सागरमा फर्काए । तर, अर्जेन्टिना अझै सुरक्षित भने छैन । अन्तिम खेल पोल्यान्डसँग पराजित भए ऊ अझै पनि समूह चरणबाटै आउट हुने अवस्थामा रहेको छ । अन्तिम खेल निर्णायक हुनेछ ।गत रातिको खेलपछि मेस्सी अब विश्वकप फुटबलमा ‘एकै खेलमा गोल र असिस्ट दुवै’ गर्ने ‘सबैभन्दा कान्छा र सबैभन्दा जेठा’ खेलाडी बनेका छन् ।
फिफाले मेस्सीको यो रेकर्डबारे चर्चा गरेको छ । यसअघि विश्वकपमा सबैभन्दा कम उमेरमा एकै खेलमा गोल र असिस्ट दुवै गर्ने रेकर्ड मेस्सीकै नाममा थियो । सन् २०१० को विश्वकपमा उनले एकै खेलमा गोल र असिस्ट गरेका थिए, जुन रेकर्ड थियो ।गत राति मेक्सिकोसँगको खेलपछि
मेस्सी अब विश्वकपमा एकै खेलमा गोल र असिस्ट दुवै गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।त्यस्तै कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै टिम बाहिरिने संघारमा रहेका बेला टिमलाई प्रतियोगितामा जीवितै राख्ने खेल जित्दाका नायक अर्जेन्टिनाका लियोनल मेस्सीले ‘म्यान अफ् द म्याच’ अवार्ड जितेका छन् ।
नेपाली समय अनुसार आइतबार बिहान समूह ‘सी’ अन्तर्गत भएको दोस्रो खेलमा अर्जेन्टिनाले बडा कठिन र संघर्षपूर्ण तरिकाले मेक्सिकोलाई २–० ले हराउँदा टिमको जितमा निर्णायक भूमिका निभाएका आधारमा मेस्सीलाई सो खेलको म्यान अफ् द म्याच अवार्ड प्रदान गरियो ।
अर्जेन्टिनाको जितमा भएका २ वटै गोलमा मेस्सीले योगदान गरेका थिए । जसमा टिमका कप्तान समेत रहेका मेस्सीले खेलको ६४औं मिनेटमा पहिलो गोल गरेर जितको आधार तयार पारेका थिए । एन्जल डि मारियाको पासमा लामो दूरीबाट मेस्सीले गरेको सोही गोल नै अर्जेन्टिनाको जितको टर्निङ प्वाइन्ट थियो ।
सो गोलअघिसम्म अर्जेन्टिना खेलमा पूरै दबिएको थियो । मेस्सीले गोलपछि अर्जेन्टिनाले खेलमा गति लियो । र, जितको बाटो समात्यो ।त्यसपछि खेलको ८७औं मिनेटमा युवा खेलाडी इन्जो फर्नान्डेजले गरेको शानदार गोलमा पनि मेस्सीले नै असिस्ट मिलाएका थिए ।
यसरी टिम कठिन अवस्थामा रहेका बेला पहिलो गोल गरेको र दोस्रो गोलमा पनि असिस्ट गरेर मुख्य योगदान दिएकाले मेस्सी खेलको म्यान अफ् द म्याच चुनिए । मेस्सीले दोस्रो खेल खेल्ने क्रममा कतार विश्वकपको पहिलो म्यान अफ् द म्याच अवार्ड जिते ।पहिलो खेलमा भने अर्जेन्टिना साउदी अरबसँग २–१ ले पराजित भएको थियो ।
दोस्रो खेलमा अर्जेन्टिना मेक्सिकोसँग हारेको भए अर्जेन्टिना अन्तिम खेलअघि नै प्रतियोगिताबाट आउट हुने थियो ।मेस्सीले आज जितेको म्यान अफ् द म्याच अवार्ड विश्वकपको मञ्चमा जितेको सातौं हो । यसपटक विश्वपका ठूला नामका खेलाडी म्यन अफ् द म्याच जित्ने सूचीमा मेस्सी पनि चढेका छन् ।
आजकै खेलमा फ्रान्सका केलियन एमबाप्पे र पोल्यान्डका रोवर्ट लेवानडोस्कीले पनि म्यान अफ् द म्याच अवार्ड जित्दा अघिल्लो दिन पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि पहिलो खेलबाटै म्यान सो अवार्ड जितिसकेका छन् । अब अर्जेन्टिनाको समूह चरणको अन्तिम खेल पोल्यान्डसँग हुने तालिका छ ।
Leave A Comment