Latest
img

सलोन करिश्माको मेहेन्दीमा जीयासंगै देखिए भूवन केसी

काठमाडौ – निर्देशक शोभित बस्नेत र उनको परिवारलाई नायक सलोन बस्नेतको बिहेले छोएको छ । एक महिनाबाट सुरु गरिएको तयारीको रौनक शनिबारबाट अझै जमेको छ ।शनिबार पातलेबन रिसोर्टमा सलोन बस्नेत र उनकी प्रेमिका करिश्मा केसीको मेहेन्दी सेरेमोनी आयोजना गरियो ।

उक्त सेरेमोनीमा नेपाली फिल्म क्षेत्रका थुप्रै हस्तीहरु पुगे ।शोभित र सलोनको फिल्म क्षेत्रसँग निक्कै राम्रो सम्बन्ध रहेका कारण पनि उनीहरुको यो भव्य कार्यक्रममा फिल्म क्षेत्रका थुप्रै हस्तीहरुलाई देख्न पाइनेछ ।सलोन र करिश्मा १२ गते बिहे गर्दैछन् ।मंसिरको १४ गते हायात होटलमा करिब ७ सय अतिथीहरुलाई बोलाएर शोभितले पार्टी दिदैछन् ।

सलोन र करिश्माको मेहेन्दी सेरेमोनीमा नायक भूवन केसी आफ्नी प्रेमिका जिया केसीको साथमा पुगे । जिया र भूवन विगत केही बर्षदेखि सार्वजनिक कार्यक्रममा निर्धक्क पुग्ने गरेका छन् ।अझ, भूवनले त जीयासँग बिहे गर्ने कुरा समेत गरिसकेका छन् ।यस्तै, यो समारोहमा नायिका पूजा शर्मा र उनका प्रेमी युद्ध बानियाँ पनि पुगे ।

युद्ध र पूजाले सलोनको मेहेन्दी कार्यक्रममा खुबै रमाइलो गरे । युद्ध र पूजा मिडिया देखिने कार्यक्रममा कमै मात्र पुग्ने गर्छन् । तर, यसपटक भने उनीहरु यो समारोहमा निर्धक्क रुपमा रमाइरहेका थिए ।नायिका पूजा शर्मा र युद्ध बनियाको प्रेम सम्बन्ध सबैलाई थाहा नै भइसक्यो ।

गत वर्ष देखि एक अर्काको प्रेममा रहेका यो जोडिको प्रेम सम्बन्ध झन् झन् फराकिलो बन्दै गइरहेको छ ।सामाजिक सञ्जालमा पनि यो जोडिले खुलेर नै आफ्नो प्रेम सम्बन्ध छताछुल्ल बनाइ सकेका छन् ।अभिनेता आकाश सँग सम्बन्ध चिसिएपछि पूजा युद्ध सँग नजिक बनेकी हुन्

यो पनि -प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ ।

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि कलाकारसम्म छन् । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।जमानत जफत हुनेमा निर्देशक मनोज पण्डित छन् ।

उनले जमानत जोगाउन सकेनन् । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो । काभ्रे , प्रतिनिधी सभा निर्वाचन नम्बर क्षेत्र २ बाट उम्मेदवारी दिएका पण्डितले १०३३९.१ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो । उम्मेदवार पण्डितले खसेको कुल सदर मतको जम्मा १ प्रतिशत मत कटाउन सकेनन् ।पण्डितले जम्मा १ सय ७३ मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment