Latest
img

जापान र कोस्टा रिका बिचको खेल शुरु हुन् लाग्यो , तपाइको समर्थन कसलाई ?

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन अली स्टेडियममा हुनेछ ।जापान र कोस्टा रिका मैदानमा उत्रदा दुवै टोलीकोलक्ष्य स्पष्ट जितकै हुनेछ ।

जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा कोस्टा रिका स्पेनसँग ७–० ले पराजित भएको थियो ।यस्तो अवस्थामा जापान उच्च मनोवलका साथ मैदान उत्रदा कोस्टा रिका फराकिलो हारको पीडा भुल्ने प्रयासमा हुनेछ । सातौपटक विश्वकप खेलिरहेको जापान लगातार दोस्रो पटक नकआउट चरण पुग्ने योजनामा हुनेछ ।

यसअघि जापानले २०१८ मा समूह चरण पार गरेको थियो ।जापान पहिलो पटक विश्वकपमा लगातार दुई जित निकाल्ने लक्षमा हुनेछ । जापानले विश्वकपका पछिल्ला पाँच खेलमध्ये चार खेलमा दुई गोल गरेको छ ।यता कोस्टा रिका पहिलो जितको खोजीमा हुनेछ ।

कोस्टा रिका पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । कोस्टा रिका उक्त हारलाई बिर्सदै जित निकाल्ने योजनामा मैदान उत्रनेछ ।सन् २००२ मा समूह चरणमा चीनलाई २–० ले हराएर कोस्टा रिकाले त्यसपछि विश्वकपमा पहिलोपटक एसियाली टोलीसँग खेल्न लागेको हो ।

स्पेनविरुद्ध जेविसन बेनेट (१८ वर्ष १६१ दिन) फिफा विश्वकपमा उपस्थिति हुने कोस्टा रिकाको सबैभन्दा कान्छो खेलाडी बने । जबकि ब्रायन रुइज (३७ वर्ष ९७ दिन) सोही खेलमा सबैभन्दा पाका खेलाडी बनेका छन्।यि दुई टोली हालसम्म चारपटक भेट हुँदा जापान अपराजित छ ।

जापानले ३ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जापानले कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो ।जापानले विश्वकपमा २२ खेल खेल्दा ६ जित, ५ बराबरी र ११ हारको नतिजा निकालेको छ । यता, कोस्टा रिकाले १९ खेल खेल्दा ५ जित, ५ बराबरी र ९ हारको नतिजा निकालेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment