Latest
img

३ पल्ट मुल्य घट्दा पनि निगम घाटामै, यति ठुलो रकम अझै घाटा, ब्याज मासिक २४ करोड

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने बताएको छ। निगमले मंगलबार पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जानकारी दिएको हो।

तीन पटक मूल्य घटेर आएको भएपनि यसअघि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएअनुसार निगमले मूल्य बढाउन नसक्दा अहिले मूल्य घटाउन नसकिएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। अहिले निगमलाई ५० अर्ब घाटा रहेको उनले बताए।

नयाँ मूल्य अनुसार मासिक ६२ करोड घाटा हुने निगमले जनाएको छ। अहिले ऋणको ब्याज मात्र मासिक १४ करोड बुझाउनु परेको उनले बताए।

सम्झौता अनुसार हरेक १५/ १५ दिनमा आइओसीले मूल्य सूची पठाउने गरेको छ। गत जुलाई २२ देखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छ।

तर निगमले भने घाटा देखाउँदै मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको छ। आजको अन्नपुर्ण पोष्टमा खवर छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment