काठमाडौं– कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘ई’ मा रहेको जापान र कोस्टा रिकाबिच प्रतिस्पर्धा शुरु भएको खेलमा कोस्टा रिकाले १ गोल गरेको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अहमेद विन अली स्टेडियममा शुरु भएको खेल अहिले पनि जारि छ ।
समूह चरणको दोस्रो खेलमा यी दुई देश आज एकअर्काको सामना गर्न लागेका हुन् । आज यो खेलमा जापानमाथि धेरैको नजर रहनेछ । एसियाली देश भएकाले जापानको खेल एसियाली समर्थकका लागि विशेष चासोको खेल हुने गर्छ । त्यसै पनि जापानलाई ‘एसियाली फुटबलको पावर हाउस’ मानिन्छ ।
यसै प्रतियोगितामा पनि जापानले एक ‘अप्रत्यासित’ नतिजा दिइसकेको छ । समूह चरणको पहिलो खेलमै उसले सन् २०१४ को च्याम्पियन जर्मनीलाई सनसनीपूर्ण रूपमा २–१ ले पराजित गरेर विजयी सुरुआत गरेको थियो । जर्मनीविरुद्धको पहिलो खेलमा जापानले पछि परेको स्थिति उल्टाएर रोमाञ्चक कमब्याक जित निकालेको थियो ।
आज जापानले दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर टिम कोस्टा रिकाको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो ठीक ३ः४५ बजेबाट अहमेद बिन अली रंगशालामा सुरु हुने तालिका रहेको छ ।पहिलो खेलमा प्रतियोगिताको एक प्रमुख उपाधि दाबेदार जर्मनीलाई हराएर ३ अंक जोडेको जापान अन्तिम १६ प्रवेश गर्नबाट मात्रै एक जितेले टाढा छ ।
यदि आज उसले कोस्टा रिकामाथि मात्रै ३ अंकको जित निकालेको खण्डमा उसले अन्तिम खेल स्पेनसँग खेल्नुअघि नै अन्तिम १६ मा स्थान बनाउनेछ । अन्तिम खेलमा बलियो टिम स्पेनसँग संघर्ष गर्नुअघि नै जापान आजको खेलमा जित निकालेर अन्तिम खेलसम्मको प्रतीक्षा पन्छाउन र दबाब हटाउन चाहन्छ ।
आज जिते उसले स्पेनसँग केवल औपचारिकताका लागि मात्रै खेल्नेछ । जहाँ उसलाई जितको दबाब र तनाव केही हुनेछैन ।तसर्थ जापानका लागि आजको खेल निकै महत्त्वपूर्ण छ । पहिलो खेलमा युरोपको एक बलियो र ४ पटकको पूर्वच्याम्पियनलाई सनसनी रूपमा हराएको जापान आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
यो खेल जिते उसले निकै सजिलो गरी नकआउट चरणमा स्थान बनानेछ । गत राति साबिक च्याम्पियन फ्रान्स अन्तिम खेल बाँकी छँदै लगातार दुई जितपछि अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आज कोस्टा रिकालाई हराए जापान पनि अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्ने फ्रान्सपछि दोस्रो देश बन्नेछ ।
आजको यो खेलमा जापान राम्रो जितको हकदार हुनेछ । पहिलो खेलको नतिजा हेर्दा पनि यसो भन्न सकिन्छ । पहिलो खेलमा जापानले जर्मनीविरुद्ध २–१ को उत्कृष्ट कमब्याक जित निकाल्यो भने आज उसले खेल्न लागेको कोस्टा रिका भने स्पेनसँग ७–० को फराकिलो अन्तरमा पराजित गरेको थियो ।
सो खेलको ठूलो र पीडादायी हारको घाउ आलै रहेको कोस्टा रिकालाई जापानले अर्को अर्को चोट थप गर्न सक्छ । जापानको लक्ष्य आजको खेलमा १ गोल अन्तरको मात्रै भए पनि जित निकालेर अन्तिम खेलअघि नै नकआउटमा स्थान तय गर्नु हो । र, जापान यसका लागि सक्षम टिम पनि छ ।
फिफाको वरीयतामा अहिले जापान २५औं स्थानमा रहेको देश हो भने कोस्टा रिका ३१औं स्थानमा रहेको छ । यी दुई देशबीच वरीयता मात्रै ६ स्थानको फरक रहे पनि टिमको अवस्था र पहिलो खेलको नतिजा हेर्दा कोस्टा रिकामाथि जापानले फराकिलो जित निकाल्न सक्छ ।
जापान अन्तिम खेलमा स्पेनसँग भेट हुनुअघि नै नकआउट चरण सुरक्षित गरेर अन्तिम खेलमा प्रमुख खेलाडीलाई आराम दिने योजनामा रहेको छ । र, आज कोस्टा रिकाविरुद्ध खेल्दा ऊ यो अवसरलाई पूराका पूरा सदुपयोग गर्ने मुडमा छ । जापानले आज पहिलो खेलमा जर्मनीलाई हराउँदाको जोश र गति लिएर खेले उसले उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गर्न सकिन्छ ।
यदि आज आफ्नो खेलमा जापानले कोस्टा रिकालाई पराजित गर्न सके सोही समूहका दुई बलिया देश स्पेन र जर्मनीको समस्या बढ्नेछ । यी देश आजै राति आफ्नो खेल आपसमा खेल्दैछन् । पहिलो खेलमा ७–० ले जितेको स्पेन र पहिलो खेल जापानसँग २–१ को हारेको जर्मनी भिड्दा यो खेलमा कम्ता मात्रै घम्साघम्सी हेर्न पाइनेछैन ।
स्पेन २०१० को च्याम्पियन हो भने जर्मनी २०१४ को । दुई संस्करण आलोपालो विश्वकप जितेका यी दुई देश यसपटक समूह चरणमै भिड्दैछन् । मुख्य कुरा– पहिलो खेलको नतिजापछि यो भन्न सकिन्छ कि, यस समूहबाट स्पेन र जर्मनी मधये एक टिम समूह चरणबाटै आउट हुने करिब–करिब पक्का छ ।
यदि आज जापानले कोस्टा रिकामाथि मात्रै १–० को जित निकाले पनि ऊ अन्तिम खेलअघि नै अर्को चरण जानेछ । जापान आजै अन्तिम १६ मा जानु भनेको जापान र स्पेनमध्ये एक टिम समूह चरणबाटै आउट हुने पक्का हुनु हो । तसर्थ आज जापानले जित्दा स्पेन र जर्मनी दुवैलाई ठूलो टाउको दुखाइ हुनेछ ।
यदि जापान पराजित भयो वा रोकियो भने चाहिँ दुवै टिमलाई राहत मिल्नेछ । तर, जापानले आज हार्ने सम्भावना कम छ । जापानको आजको दाउ आफ्नो खेल जितेर बेलमै सहज अवस्थाका साथ अन्तिम १६ मा प्रवेश गर्नु मात्रै हैन, जापान र जर्मनीलाई दुवैलाई संकटमा फसाउनु पनिहो । जापान आजको खेल नजितेर यो अवसर खेर जान दिने पक्षमा छैन ।
Leave A Comment