Latest
img

‘जर्मनीलाई हराएको’ जापानलाई ‘स्पेनसँग खेल्दा ७ गोल खाएको कोस्टा रिकाले हरायो

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा कोस्टारिकाले जापानलाई १-० ले पराजित गरेको छ । आइतबार अहमद बिन अलि रंगशालामा फुलर स्पेन्सले अन्त्यतिर गरेको गोल नै निर्णायक सावित भयो ।पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैं स्तब्ध हुनुपर्यो ।

खेल अवधिभर थुप्रै आक्रमण बुनेको जापानले त्यसको सदुपयोग गर्न नसक्दा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सकेन । यता कोस्टारिकाले भने पहिलो खेलमा ७-० को हारबाट सानदार पुनरागमन गरेको छ ।कोस्टारिकाको जितमा फुलर स्पेन्सले ८१ औं मिनेटमा गोल गरेका थिए ।

उनले येल्त्सिन तेजेडाको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै गोल गरेका थिए । उनको प्रहार गोलरक्षक शुइची गोन्डाको हातमा लाग्दै गोल भएको थियो । खेल अवधिभर कोस्टारिकाले पोस्टमा गरेको एकमात्र प्रहार त्यहि थियो ।यस नतिजाले समूह ई मा भने जर्मनीको सम्भावना खुला भएको छ ।

समूहमा स्पेन, जापान र कोस्टारिकाको समान ३-३ अंक छ । आज जर्मनीले मध्यरातमा हुने खेलमा स्पेनको सामना गर्नेछ ।फिफा विश्वकप फुटबलमा समूह चरणको पहिलो खेलमा पूर्वच्याम्पियन जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण कमब्याक जित निकालेको जापान दोस्रो खेलमा कोस्टा रिकासँग नमिठो गरी पराजित भएको छ ।

जर्मनीविरुद्ध चर्चित जित निकालेको जापानलाई कोस्टा रिकाले १–० को हार चखायो । जबकि, पहिलो खेलमा कोस्टा रिका भने स्पेनसँग ७–० को फराकिलो अन्तरमा पराजित भएको थियो ।एसियाली फुटबलको पावर हाउस जापानले आजको हारसँगै अन्तिम खेलअघि नै अन्तिम १६ मा प्रवेश गर्ने सुनौलो अवसर खेर फालेको छ ।

जर्मनीलाई हराएपछि उच्च मनोबलमा देखिएको जापानले आज फितलो प्रदर्शन गर्दा उसले कोस्टा रिकासँग हार पन्छाउन सकेन । अब उसले अन्तिम खेलमा बलियो टोली स्पेनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ ।त्यस्तै उता आजको दोस्रो खेलमा साँझ ६ः४५ बजेबाट समूह ‘एफ’बाट बेल्जियम र मोरक्को आमनेसामने हुनेछन् ।

यो खेल अल थुमामा रंगशालामा नेपाली समय अनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । यसअघि बेल्जियमले क्यानबाविरुद्ध १–० को जित निकाल्दा क्रोएसिया र मोरक्कोले ०–० को बराबरी खेलेका थिए । आज बेल्जियको सामना गर्दा मोरक्को पहिलो जितको खोजीमा हुनेछ भने बेल्जियम लगातार

दोस्रो जितका साथ अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ ।आज समूह ‘एफ’बाटै क्रोएसिया र क्यानडा बीचको खेल हुनेछ । पहिलो खेलमा बराबरीमा रोकिएको क्रोएसिया र पहिलो खेलमा पराजित क्यानडा दुवै देश पहिलो जितको खोजीमा हुनेछन् ।

आजको यो खे खालिफा रंगशालामा राति ९ः४५ बजेबाट सुरु हुनेछ । आजको खेल हुँदा लुका मोड्रिचको टिम क्रोएसिया दबाबमा हुनेछ । आजको खेल पनि जित्न नसके क्रोएसियाको अन्तिम १६ प्रवेश कठिन बन्नेछ । यदि आज बेल्जियमलाई मोरक्कोले हरायो र क्रोएसियाले जित्न सकेन पनि क्रोएसियालाई तनाव बढ्नेछ । तसर्थ आजको खेलमा क्रोएसिया स्पष्ट जितका लागि लड्नेछ ।

आज हुने अन्तिम खेलमा समूह ‘ई’बाट दुई पूर्वच्याम्पियन देश जर्मनी र स्पेनको रोमाञ्चक भिडन्त हुनेछ । यो खेल अल बेत रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को फरालिको जित निकालेको हुँदा

ऊ आज उच्च मनोबलमा हुनेछ । यता, जर्मनी भने जापानसँग २–१ ले पराजित भएले आज बलियो टोली स्पेनको सामना गर्दा चर्को दबाबमा हुनेछ । जर्मनीले जापानविरुद्ध पहिला गोल गरेर अग्रता लिएर पनि बचाउन नसक्दा हार बेहोरेको थियो । पहिलो खेल हारेपछि जर्मनीमाथि दबाब र तनाव दुवै छ ।

यदि यसै समूहको पहिलो खेलमा कोस्टा रिकामाथि जापानले जित निकाले स्पेनसँग खेल्दा जर्मनी झनै दबाबमा हुनेछ । आजको खेल पनि हारेको खडमा जर्मनी समूह चरणबाटै बाहिरिने करिब तय हुनेछ । अन्तिम खेलअघि नै समूह चरणबाटै बाहिनिबाट बच्ने हो भने आजको खेलमा जर्मनी स्पेनसँग कम्तीमा पनि पराजित हुनुहुँदैन ।

स्पेनलाई जित्न सके जर्मनीले पनि अन्तिम १६ बाटो सहज बनाउनेछ । उसले अन्तिम खेल कोस्टा रिकासँग खेल्नेछ । आज उपाधि दाबेदार स्पेनको सामना गर्दा जर्मनी ‘गर कि मर’को अवस्थामा हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment