Latest
img

आजदेखि कतार आइडी भएकालाई देशभरका सबै संग्रहालयमा प्रवेश नि:शुल्क

दोहा – आज नोभेम्बर २७ गतेदेखि कतार आइडी भएकालाई देशभरका सबै संग्रहालयमा प्रवेश नि:शुल्क भएको छ ।देशको इतिहास,उत्कृष्ट कला र सांस्कृतिको अनुभव लिन संग्रहालय समितिले सबैलाई आग्रह गरेको छ ।नेशनल म्युजियम अफ कतार, म्युजियम अफ इस्लामिक आर्टस र ३-२-१ कतार ओलम्पिक तथा स्पोर्ट्स म्युजियममा प्रवेश निशुल्क गरिएको हो।

यस्तै विश्वकप फुटबलमा एक नयाँ रेकर्ड बनेको छ । कतारमा जारी २२औं संस्करण अन्तर्गत समूह ‘सी’बाट गत राति अर्जेन्टिना र मेक्सिको बीचको खेल दौरान दर्शक संख्यामा नयाँ रेकर्ड बनेको हो । लियोनल मेस्सीको देश अर्जेन्टिना र मेक्सिको बीचको खेल हेर्न जति दर्शक रंगशाला पुगेका थिए, त्यो विश्वकपमा २८ वर्षयतकै सबैभन्दा बढी हो ।

फिफाले अफिसियल वेबसाइटमा यो रेकर्डबारे चर्चा गर्दै अर्जेन्टिना–मेक्सिको बीचको खेललाई रेकर्ड खेल भनेको छ । गत रातिको खेलाम उपस्थित दर्शक संख्या यस विश्वकपको पनि हालसममकै उच्च हो ।फिफाको जानकारी अनुसार गत राति लुसाइल स्टेडियमा भएको मेक्सिको–अर्जेन्टिनाको खेल हेर्न कूल ८८९६६ जना दर्शक रंगशाला पुगेका थिए ।

विश्वकपका खेल हेर्न जाने दर्शकको यो संख्या पछिल्ला २८ वर्षयताकै सबैभन्दा बढी हो । सन् १९९४ मा भएको विश्वकपको फाइनल खेल हेर्न ९४१९४ जना दर्शक रंगशाला पुगेका थिए । सो विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई पेनाल्टी सुटआउमा ३–२ ले हराएर उपाधि जितेको थियो । ९० मिनेटको खेल ०–० मा सकिएको थियो ।

सो विश्वकपपछि यसपटक कतारमा आयोजित २२औं संस्करणमा २८ वर्षपछि सबैभन्दा धेरै दर्शक पाउने मेक्सिको–अर्जेन्टिनाको खेल बनेको छ । अर्जेन्टिनाको खेल यस विश्वकपमा सबैभन्दा बढी दर्शक पाउने खेल हो । अर्थात्, अर्जेन्टिनाका खेलमा जति दर्शक दोस्रो टिमको कुनै खेलमा पनि उपस्थित भएका छैनन् ।

विश्वकप सुरु हुनअघि नै अर्जेन्टिनाका समूह चरणका ३ वटै खेलको सर्वाधिक टिकट बिक्री भएको जानकारी फिफाले नै दिएको थियो । अब अर्जेन्टिनाको तेस्रो खेल पोल्यान्डसँग हुनेछ । गत रातिको खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २–० को जित निकालेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment