Latest
img

मोरक्कोले प्रमुख उपाधि दाबेदार राष्ट्र बेल्जियमलाई नमिठो गरि हरायो

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा एक प्रमुख उपाधि दाबेदार राष्ट्र बेल्जियम समूह चरणको दोस्रो खेलमा पराजित भएको छ । आज आइतबार राति भएको खेलमा बेल्जियमलाई मोरक्कोलाई २–० ले स्तब्ध पारेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरीले दोस्रो हाफमा गरेको फ्रिकिक गोलमा अग्रता लियो ।इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो । खेलमा तुलनात्मक रुपमा बढी आक्रमण बुनेको मोरक्कोले पहिलो हाफमै अग्रता लिएपनि भिडियो असिस्टेन्ट रेफ्रीबाट मान्यता पाउन सकेको थिएन ।

दोस्रो हाफमा पनि दबाब कायम राख्दै मोरक्को जित हासिल गर्न सफल रहेको हो ।पहिलो खेलमा औसत प्रदर्शन गरेपनि जित हासिल गरेको बेल्जियमले दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन ।

जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो ।तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएनन् ।त्यसअघि बेल्जियमको दुई प्रहारमा गोलरक्षक मुनिर एल काजुइ बाधक बनेका थिए ।

उनले खेलको पहिलो मिनेटदेखि नै यासिन बोनोउको स्थान लिएका थिए ।राष्ट्रिय गानमा बोनोउ सरिक भएपनि टिम फोटोमा भने वैकल्पिक गोलरक्षक मुनिर आएका थिए । फिफाले खेलाडी सुचिमा बोनोउ घाइते रहेको जनाएको छ ।५१ औं मिनेटमा इडेन हाजार्डले मिडफिल्डदेखि बल अघि लग्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक मुनिरले विफल पारे ।

५६ औं मिनेटमा सोफियान बौफालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टलाई छुँदै बाहिरियो ।खेलको ७३ औं मिनेटमा फ्रिकिक गोलमै मोरक्कोलले अग्रता लियो । यसपटक अब्दुलहमिद सबिरीले बायाँ विंगको पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।

यसपटक पनि गोलरक्षक कोर्टुवाले बलको दिशा ठम्याउन सकेनन् ।इन्ज्युरी समयमा मोरक्कोका लागि जाकारिया अबोउखलालले गोल गरे । उनले हाकिम जिएचको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलको दिशा दिँदै गोलरक्षक कोर्टुवालाई कुनै अवसर दिएनन् ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ । आजै ९:४५ बजे सुरु हुने खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment