निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेलादेखि उनी निलम्बनमा परेका छन् ।
बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।
जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो ।
२९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
Leave A Comment