फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘एफ’ को खेलमा २०१८ को उपविजेता क्रोएसिया र क्यानडा बीच भएको खेलमा १ मिनेटमै १ गोल गरेको क्यानाडालाई क्रोएसियाले गोलको वर्षा गरेको छ। ३६ औ मिनेटमा १ गोलको जवाफ फर्काएको क्रोसियाले पहिलो हाफको अन्तिम तिर फेरी थप १ गोल गरेको हो ।
चलिरहेको क्रोएसिया र क्यानडाबीचको खेल निकै रोमान्चक बनेको छ ।क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिदा अलफन्सो डेभिस पेनाल्टीमा चुक्दा क्यानडाले बेल्जियमसँग १–० को हार बेहारेको थियो ।क्रोएसिया र क्यानडा पहिलो पटक खेल्न लागेका हुन् । यो खेलले नै यि दुई टोलीमध्येबाट समूह एफबाट अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्न सक्नेछ ।
क्रोएसियाले सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्दा कोन्काफ टोली जमैकाविरुद्ध ३–१ को जित निकालेको थियो । तर, पछिल्ला दुवै संस्करणमा क्रोएसियाले कोन्काफ टोली मेक्सिकोसँग २००२ मा १–० र २०१४ मा ३–१ ले पराजित भएको थियो । यद्दपि क्रोएसियाले क्यानडासँग पहिलो खेल्दैछ ।
क्यानडाको यो फिफा विश्वकपमा पाँचौं खेल मात्र होइन तर युरोपेली प्रतिद्धन्द्धीविरुद्ध पनि पाँचौ खेल हा् । क्यानडाले १९८६ मा फ्रान्स, हंगेरी र सोभियत संघसँग खेल्दा तीनमै हार र यसपटक बेल्जियमसँग हार बेहारिसकेको छ । क्रोएसियाले आफ्नो पछिल्लो १७ अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र हार बेहोरेको छ ।
जसमा ११ जित, ५ बराबरी र एक हारको नतिजा छ ।क्रोएसिया विश्वकपका समूह चरणमा चार खेलमा अपराजित छ । जुन समूह चरणमा हारविना क्रोएसियाको लामो दौड हो । विश्व कपको इतिहासमा यो क्यानाडाको पाँचौं खेल हो, ती सबै युरोपेली राष्ट्रविरुद्ध नै रहेको छ ।क्रोएसियाले विश्वकपमा २४ खेल खेल्दा ११ जित, ५ बराबरी र ८ हारको नतिजा निकालेको छ ।
क्यानडाले भने खेलेको सबै चार खेलमा हार बेहोरेको छ । विश्वकपमा क्यानडा पहिलो जितको खोजीमा हुनेछ ।क्रोएसियासँग डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, बोरना सोसा, जोस्को भार्डीओल, जोसिप जुरानोभिच, लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, इभान पेरिसिच र आन्द्रे क्रामारिच रहेका छन् ।
क्यानडासँग मिलान बोर्जनसँगै कमल मिलर, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, एलिस्टेएर जोनस्टन र रिची लारेआ, एटिबा हचिन्सन, साम पिएट, लियाम फ्रासेर, अल्फन्सो डाभिस, जोनाथन डेभिड र लियाम मिलरलगायतको खेलाडीको साथ छ ।
Leave A Comment