Latest
img

मल्टिप्लेक्स फिल्म हलमा विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ ।यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन् ।

नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन् । ‘हामी केही हल मिलेर फाइनल खेल देखाउने बारेमा तयारी गरिरहेका छौं,’ आईएनआईका निर्देशक सुरेन्द्र थापाले भने, ‘मिडिया हबसँग हामी छलफलमा छौं ।’

आईएनआईबाहेक बिग मुभिजमा पनि देखाउने गरी आफू तयारीमा जुटेको उनले बताए । ‘अहिल्यै टुंगो लागेको छैन । हलमा खेल देखाउँदाको जोखिमलाई समेत ख्याल गरेर अघि बढ्नेछौं,’ उनले भने ।यसैबीच, क्यूएफएक्सले समेत नेपालस्थित आफ्ना सबै हलमा फाइनल खेल देखाउने तयारी गरेको छ ।

क्यूएफएक्समा फुटबल देखाउन लाइन्ज मार्केटिङले मिडिया हबसँग छलफल गरिरहेको छ ।‘कसरी देखाउने लगायतका कुरामा कुरा अघि बढिरहेको छ तर अहिल्यै टुंगो लागेको छैन,’ क्यूएफएक्स स्रोतले भन्यो ।आईएनआई निर्देशक थापा चाहिं हलमा फिल्म देखाउनु र खेल देखाउनुमा निकै भिन्नता रहेको बताउँछन् ।

‘फिल्म हेर्दा दर्शक चियाकफी खाएर अनुशासित ढंगले बस्छन् तर खेलमा त्यो अवस्था नरहन सक्छ । जोखिम पनि हुने भएकाले हामीले यसतर्फ विचार गरिरहेका छौं,’ उनले भने । विश्वकपको फाइनल खेल आगामी डिसेम्बर १८ मा हुँदैछ ।

यो पनि – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘एफ’ को खेलमा २०१८ को उपविजेता क्रोएसिया र क्यानडा बीच भएको खेलमा १ मिनेटमै १ गोल गरेको क्यानाडालाई क्रोएसियाले गोलको वर्षा गरेको छ। ३६ औ मिनेटमा १ गोलको जवाफ फर्काएको क्रोसियाले पहिलो हाफको अन्तिम तिर फेरी थप १ गोल गरेको हो ।

चलिरहेको क्रोएसिया र क्यानडाबीचको खेल निकै रोमान्चक बनेको छ ।क्रोएसिया पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरीमा रोकिदा अलफन्सो डेभिस पेनाल्टीमा चुक्दा क्यानडाले बेल्जियमसँग १–० को हार बेहारेको थियो ।क्रोएसिया र क्यानडा पहिलो पटक खेल्न लागेका हुन् । यो खेलले नै यि दुई टोलीमध्येबाट समूह एफबाट अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्न सक्नेछ ।

क्रोएसियाले सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्दा कोन्काफ टोली जमैकाविरुद्ध ३–१ को जित निकालेको थियो । तर, पछिल्ला दुवै संस्करणमा क्रोएसियाले कोन्काफ टोली मेक्सिकोसँग २००२ मा १–० र २०१४ मा ३–१ ले पराजित भएको थियो । यद्दपि क्रोएसियाले क्यानडासँग पहिलो खेल्दैछ ।

क्यानडाको यो फिफा विश्वकपमा पाँचौं खेल मात्र होइन तर युरोपेली प्रतिद्धन्द्धीविरुद्ध पनि पाँचौ खेल हा् । क्यानडाले १९८६ मा फ्रान्स, हंगेरी र सोभियत संघसँग खेल्दा तीनमै हार र यसपटक बेल्जियमसँग हार बेहारिसकेको छ । क्रोएसियाले आफ्नो पछिल्लो १७ अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र हार बेहोरेको छ ।

जसमा ११ जित, ५ बराबरी र एक हारको नतिजा छ ।क्रोएसिया विश्वकपका समूह चरणमा चार खेलमा अपराजित छ । जुन समूह चरणमा हारविना क्रोएसियाको लामो दौड हो । विश्व कपको इतिहासमा यो क्यानाडाको पाँचौं खेल हो, ती सबै युरोपेली राष्ट्रविरुद्ध नै रहेको छ ।क्रोएसियाले विश्वकपमा २४ खेल खेल्दा ११ जित, ५ बराबरी र ८ हारको नतिजा निकालेको छ ।

क्यानडाले भने खेलेको सबै चार खेलमा हार बेहोरेको छ । विश्वकपमा क्यानडा पहिलो जितको खोजीमा हुनेछ ।क्रोएसियासँग डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, बोरना सोसा, जोस्को भार्डीओल, जोसिप जुरानोभिच, लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, इभान पेरिसिच र आन्द्रे क्रामारिच रहेका छन् ।

क्यानडासँग मिलान बोर्जनसँगै कमल मिलर, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, एलिस्टेएर जोनस्टन र रिची लारेआ, एटिबा हचिन्सन, साम पिएट, लियाम फ्रासेर, अल्फन्सो डाभिस, जोनाथन डेभिड र लियाम मिलरलगायतको खेलाडीको साथ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment