Latest
img

क्यानडाको थप जादु नचल्दा क्रोएसियाको अग्रता

फिफा विश्वकप फुटबलमा अहिले समूह ‘एफ’ अन्तर्गत दोस्रो चरणको खेलमा क्रोएसिया र क्यानडा बीचको खेल जारी छ । खलिफा इन्टरनेसनल रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफमा क्रोएसियाले पछि परेको स्थिति उल्टाएर २–१ को अग्रता बनाएको छ ।

लुका मोड्रिचको टिम क्रोएसियाले पछि परेको अवस्थामा गोल गरेर पहिलो हाफमै अग्रता लिएको हो । खेलमा प्रभावशाली सुरुआत गरे पनि क्रोएसियाले खेलको दोस्रो मिनेटमै गोल खाएको थियो ।क्यानडाका लागि स्टार खेलाडी अल्फोन्सो डेभिसले गोल गरेर क्रोएसियालाई सुरुआतमै झट्का दिएका थिए ।

डेभिसले गरेको यो गोल कतार विश्वकपमा हालसम्मकै सबैभन्दा चाँडो भएको गोल हो । यसअघि कुनै पनि खेलमा यति चाँडो गोल भएको थिएन । दोस्रो मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि खेलको ३६औं मिनेटमा आन्द्रेज क्रमारिचले बक्सको साइडबाट शानदार सटमा गोल गरेर खेल १–१ को बराबरी बनाए ।

क्रमारिचको बराबरी गोलमा इभान पेरिसिचले राम्रो असिस्ट प्रदान गरेका थिए । आजको खेल जित्नैपर्ने दबाबमा रहेको क्रोएसियाले पहिलो हाफको ४४औं मिनेटमा दोस्रो गोल हानेर खेलमा अग्रता बनायो । यसपटक जुर्नोभिचको पासमा मार्को लिभाजाले अर्को शानदार गोल गरेपछि क्रोएसियाले पहिलो हाफमै २–१ को अग्रता बनाउन सफल भयो ।

पहिलो हाफमा ज्यादा पकड राखेर खेल्दा क्रोएसियाले खेलमा ज्यादा अट्याक पनि गरेको छ । उसले पहिलो हाफमा जम्मा ५ पटक सट प्रहार गर्दा ४ सट अन टार्गेट थिए ।उता, क्यानडाले जम्मा सट एकपटक मात्रै प्रहार गर्दा त्यही अन टार्गेटमा गोल समेत गरेर खेलको दोस्रो मिनेटमै गोल निकाल्न पपनि सफल भएको थियो ।

क्रोएसिया र क्यानडा पहिलो पटक खेल्न लागेका हुन् । यो खेलले नै यि दुई टोलीमध्येबाट समूह एफबाट अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्न सक्नेछ ।क्रोएसियाले सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्दा कोन्काफ टोली जमैकाविरुद्ध ३–१ को जित निकालेको थियो ।

तर, पछिल्ला दुवै संस्करणमा क्रोएसियाले कोन्काफ टोली मेक्सिकोसँग २००२ मा १–० र २०१४ मा ३–१ ले पराजित भएको थियो । यद्दपि क्रोएसियाले क्यानडासँग पहिलो खेल्दैछ ।क्यानडाको यो फिफा विश्वकपमा पाँचौं खेल मात्र होइन तर युरोपेली प्रतिद्धन्द्धीविरुद्ध पनि पाँचौ खेल हा् ।

क्यानडाले १९८६ मा फ्रान्स, हंगेरी र सोभियत संघसँग खेल्दा तीनमै हार र यसपटक बेल्जियमसँग हार बेहारिसकेको छ । क्रोएसियाले आफ्नो पछिल्लो १७ अन्तर्राष्ट्रिय खेलमध्ये एकमा मात्र हार बेहोरेको छ ।जसमा ११ जित, ५ बराबरी र एक हारको नतिजा छ ।क्रोएसिया विश्वकपका समूह चरणमा चार खेलमा अपराजित छ ।

जुन समूह चरणमा हारविना क्रोएसियाको लामो दौड हो । विश्व कपको इतिहासमा यो क्यानाडाको पाँचौं खेल हो, ती सबै युरोपेली राष्ट्रविरुद्ध नै रहेको छ ।क्रोएसियाले विश्वकपमा २४ खेल खेल्दा ११ जित, ५ बराबरी र ८ हारको नतिजा निकालेको छ ।क्यानडाले भने खेलेको सबै चार खेलमा हार बेहोरेको छ ।

विश्वकपमा क्यानडा पहिलो जितको खोजीमा हुनेछ ।क्रोएसियासँग डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, बोरना सोसा, जोस्को भार्डीओल, जोसिप जुरानोभिच, लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, इभान पेरिसिच र आन्द्रे क्रामारिच रहेका छन् ।

क्यानडासँग मिलान बोर्जनसँगै कमल मिलर, जोएल वाटरम्यान, डेरेक कर्नेलियस, एलिस्टेएर जोनस्टन र रिची लारेआ, एटिबा हचिन्सन, साम पिएट, लियाम फ्रासेर, अल्फन्सो डाभिस, जोनाथन डेभिड र लियाम मिलरलगायतको खेलाडीको साथ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment