Latest
img

क्यानडा विश्वकपबाट बाहिरियो

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को खेलका क्यानडालाई ४-१ ले हराउँदै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ ।खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आइतबार क्यानडाले दोस्रो मिनेटमै अग्रता लिएपनि क्रोएसियाले पुनरागमन गर्दै जित हासिल गर्यो ।

क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई, लोभ्रो माएर र मार्को लिभाजाले १-१ गोल गरे ।क्यानडाले खेलको दोस्रो मिनेटमै अल्फोन्सो डेभिसको गोलमा अग्रता लिएको थियो । ताहन बुकाननको क्रसमा डेभिसले हेडरमा गोल गर्दै क्यानडालाई अघि बढाए । यो क्यानडाका लागि विश्वकप इतिहासमै पहिलो गोल समेत थियो ।

क्रोएसियाले दोस्रो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै अग्रता लियो । ३६ अ‍ौं मिनेटमा क्रामारिचले बराबरी गोल फर्काए । उनले इभान पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट कठिन एंगलबाट गोल गरे ।पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाले अग्रता लियो ।

उनले जोसिप जुरानोभिचको पास सदुपयोग गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए ‌।७० अ‍ौं मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल गरे । पेरिसिचको पासलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रण गरेर क्रामारिचले सुन्दर फिनिस गरे ।इन्ज्युरी समयमा क्रोएसियाले चौथो गोल गर्यो ।

क्यानडाले आफ्नो हाफमा बल खुस्काएपछि मिस्लाभ अर्सिचले २ भर्सेस १ को स्थितिमा लोभ्रो माएरलाई खाली पोस्टमा गोल गर्न दिए ।यस जितले क्रोएसिया गोल अन्तरको आधारमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । क्रोएसिया र मोरक्कोको ४-४ अंक छ ‌‌‌‌र । बेल्जियमको ३ अंक हुँदा क्यानडा अंक विहिन रहँदै बाहिरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment