Latest
img

जर्मनी र स्पेनबीच खेल १ – १ को खेल बराबरी

फिफा विश्वकप कतार २०२२ अन्तरगत आइतबार हुने समूह चरणको अन्तिम खेलमा दुई युरोपेली हेभीवेट जर्मनी र स्पेनबीच खेल १ – १ को बराबरीमा सकिएको छ ।फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् ।

अल बेयत रंगशालामा आइतबार भएको खेल १-१ को बराबरीमा सकिएको हो ।स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता दिलाउँदा जर्मनीका लागि निकलास फुलक्रुगले बराबरी गोल फर्काए ।

खेलको सुरुवातबाटै बल पोसेसन राख्दै खेलेको स्पेनका लागि छैटौं मिनेटमा अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ड्यानी अ‍ोल्मोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले छेक्दापनि क्रसबारमा लागेर बाहिरियो ।खेलको ४० अ‍ौं मिनेटमा जर्मनीले गोल गरेपनि त्यसले मान्यता पाएन ।

एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत गोल गरेपनि उनी अफसाइड रहेको भिएआरमा देखिएको थियो ।५६ अ‍ौं मिनेटमा स्पेनले आफ्नै पेनाल्टी क्षेत्रभित्र बल गुमाउँदा जर्मनीले अग्रता लिने अवसर पाएको थियो । तर लगातार पासपछि जोशुवा किम्मिखको अन्तिम प्रहार गोलरक्षक उनाइ सिमोनले विफल पारे ।

६२ अ‍ौं मिनेटमा स्पेनले वैकल्पिक फरवार्ड अल्भारो मोराटाको गोलमा अग्रता लियो । जोर्डी अल्बाको क्रसमा मोराटाले ६ यार्ड बक्सको अगाडिबाट गोल गरे । उनले गोलरक्षक नोएर र डिफेन्डर निकलास सुलको बिचमा पसेर फिनिस गरेका थिए ।८३ अ‍ौं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो ।

स्पेनले आफ्नै हाफमा बल गुमाएपछि काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले गोल गरे । उनले जााल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट शक्तिशाली प्रहार गर्दै स्कोर बराबरीमा ल्याए ।यस समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको ३-३ अंक तथा जर्मनी पुछारमा छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment