सन् २०१६ अक्टोबरमा क्यामरुनका फुटबल टोलीका प्रशिक्षक एवम् पूर्व खेलाडी रिगोबर्ट सङको मृ’ त्युसँग दोस्रो साक्षात्कार भयो ।सङको मृ’ त्युसँगको पहिलो साक्षात्कार सन् २००३ मा भएको थियो । अङ्ग्रेजी पात्रो अनुसार जुनको महिना थियो । क्यामरुनको टिम फ्रान्समा कन्फेडेरेसनका च्याम्पियनहरूबीच खेलाईने ‘कन्फेडेरेसन कप’ खेल्दै थियो ।
सङ त्यो समय म्यानचेस्टर सिटीबाट खेलिरहेका थिए । ७२ औँ मिनेटमा एक खेलाडी मार्क भिभियन फू मैदानमा अचानक ढले ।उनको टोलीका साथी र मेडिकल स्टाफको अथक प्रयासको बाबजुद, मार्क फूलाई केही मिनेटमा मृ’ त घोषित गरियो मैदानमा, आफ्नै टिममा खेल्ने साथीको यो अप्रत्याशित मृ’ त्युबाट सङ स्तब्ध भए ।
त्यसको तेह्र वर्षपछि, सङ आफै दिमागको नसा फुल्नाले मृ’ त्युको नजिक पुगेका थिए ।सङले त्यो घटनाको स्मरण गर्दै बीबीसीलाई भने ,‘ मलाई के भएको थियो भन्ने मलाई ठ्याक्कै सम्झना छैन । त्यो बेला म मृ’ त्युको कति नजिक पुगेको थिएँ भनेर आजसम्म मैले भेउ पाएको छैन ।
तर त्यो एक कठिन क्षण थियो । तर म अब विगतमा होइन, वर्तमानमा बचिरहेको छु । अहिले मेरो स्वास्थ्य बिलकुल ठिक छ । ’त्यो समय सामाजिक सञ्जालमा उनी मरेको हल्ला चलेको थियो । केही पत्रपत्रिका र टिभी च्यानलले पनि यही खबर दिएका थिए ।
तर मृ’ त घोषणा गरिएको ६ वर्षपछि सङ अहिले कतारमा भइरहेको फुटबल विश्वकपमा आफ्नो देशको फुटबल टोलीको प्रशिक्षकका रूपमा नेतृत्व गरिरहेका छन् ।उनी आफ्नो देशलाई सन् १९९० को इटाली विश्वकपभन्दा अघि लैजान चाहन्छन् । त्यो वर्षको विश्वकपमा क्यामरुन क्वार्टरफाइनलमा पुगेको थियो ।
रिगोबर्ट सङको जन्म सन् १९७६ जुलाई १ मा दक्षिणी क्यामरुनमा भएको थियो । फुटबल करियरको शुरुमै सङको रक्षात्मक क्षमता पहिचान गरिएको थियो । उनले आफ्नो पहिलो युरोपेली भ्रमण १८ वर्षको उमेरमा गरे, जब उनलाई फ्रान्समा मेट्ज क्लबले व्यावसायिक रूपमा अनुबन्ध गर्यो ।
आफ्नो प्रतिभाको कारण, उनले क्यामरुनको राष्ट्रिय टोलीमा पनि स्थान बनाए । उनले सन् १९९४(अमेरिका) , १९९८ (फ्रान्स) र सन् २०१० (दक्षिण अफ्रिका)मा आयोजना भएको विश्वकप राष्ट्रिय टोलीको लागि खेलेका थिए ।दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप खेलेको केही समयपछि, सङले व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरे ।
यसबीच उनले इंग्ल्याण्डको लिभरपुल र लिड्स टोलीबाट युरोपियन खेलको अनुभव पनि बटुले ।व्यावसायिक जीवनबाट अवकाशपछि उनले प्रशिक्षण सुरु गरे । फेब्रुअरी २०१६ मा, उनलाई क्यामरुनको राष्ट्रिय टोलीको म्यानेजर बनाइयो ।तर प्रकृतिले उनीसँग एक खेल खेल्यो ।
त्यस वर्षको अक्टोबर २ मा, सङ उनको घरमा ढले । उपचारको लागि उनलाई राजधानी याउन्डेको केन्द्रीय अस्पतालमा लगियो ।अवस्था निकै गम्भीर थियो, मस्तिष्कको नसा सुन्निएका कारण उनलाई ब्रेन स्ट्रो’ क भएको थियो । अवस्थाको गम्भीरता देखेर चिकित्सकले उनलाई कोमामा राखे ।
उनले सन् २०१७ मा बीबीसीसँगको कुराकानीमा सङले भनेका थिए ,‘ मलाई के भइरहेको थियो केही भेउ थिएन । म जीवन मरणको दोसाधमा थिएँ भन्ने कुरा पनि मलाई थाहा थिएन । ’सङको बिमारीको खबर चाँडै क्यामरुनभर फैलियो । राष्ट्रिय टोलीमा चर्चित रहेका खेलाडीको स्वास्थ्यको खबरले देशवासीको ध्यान तान्यो ।
मानिसहरूले सामाजिक सञ्जालमा उनको मृ’ त्युको खबर पोष्ट गर्न थाले । वास्तवमा, क्यामरुनमा मात्र होइन, नाइजेरियामा पनि धेरै मिडियाले उनको मृत्युको ‘दुःखद समाचार’ प्रसारण गरे ।तर, अस्पतालमा भर्ना भएको दुई दिनपछि पूर्व कप्तान सङ कोमाबाट बाहिर निस्किए र मिडियामा आफू जीवित भएको बयान दिए ।
‘जब म को’ माबाट बाहिरिएँ तब मलाई के भएको थियो भनियो । तत्काल मलाई मार्क भिभियन फुको घटना याद आयो ,’ सङले भने ।सङले लिभरपुल र लिड्सजस्ता टोलीका लागि पनि खेलेका थिए । उनले बीबीसीलाई भने ,‘ मानिसले खेलाडी, फुटबलर सुरक्षित छन् भन्ने सोच्छन्, तर हामी उच्च जोखिममा हुन्छौँ ।
स्ट्रो’ क कुनै रोग होइन । यो तब हुन्छ जब तपाईंमा आन्तरिक समस्या हुन्छ र तपाईंको कामले त्यसलाई झन् खराब बनाउने काम गर्छ ।’सङले लिभरपुल र लिड्सजस्ता युरोपियन क्लबका लागि पनि खेलिसकेका छन् । अस्पतालबाट बाहिर आएपछि सङलाई आरामको लागि पेरिस पठाइयो । केही महिनापछि उनी फुटबल मैदानमा फर्किए ।
फ्रान्सबाटै सङले क्यामरुनका युवा टोलीलाई प्रशिक्षण दिन थाले र देशको फुटबल महासंघमा कयौँ पदमा रहे । सन् २०२२ को सुरुमा क्यामरुनले ‘अफ्रिका कप अफ नेसन्स’को आयोजना गरेको थियो । क्यामरुनले विगतमा चार पटक यो कप उचालिसकेकाले पुन उपाधि घरमै राख्ने अपेक्षा गरिएको थियो ।
तर खराब प्रदर्शनका कारण उनीहरू तेस्रो भए र प्रशिक्षक टोनी कन्सेकाओ बर्खास्त भए । उनको ठाउँमा नयाँ प्रशिक्षकका रूपमा सङ ल्याइए ।क्यामरुनले यस वर्षको मार्चमा अल्जेरियासँग प्ले–अफ खेलेर दुई कठिन खेलपछि, कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो ।
जबकि उनीहरुले यसअघि रुसको २०१८ विश्वकपमा गुमाए पनि । मृ’ त्युको सामना गरिसकेकाले उनी अब आफ्नो देशको फुटबल टिमलाई सकेसम्म माथि पुर्याउने लक्ष्यमा अघि बढिरहेका छन् ।‘यदि मैले कसैलाई एउटा मात्रै सल्लाह दिनुपर्यो भने, त्यो जीवन खुलेर जिउनुस् भन्ने हुन्छ ।
तर सजग पनि हुन आवश्यक छ । जस्तो टाउको दुख्यो भने डाक्टरकहाँ जान हेलचेक्य्राई नगर्नुस् । आराम गर्नुस् । र जीवनमा केही कुराको तनाव नलिईकन आरामसँग जिउनुस् ,’ सङले भने ।एजेन्सी
Leave A Comment