कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ ।
क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा अल जानौबी स्टेडियममा उत्रदै छन् ।ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ ।
घाना र दक्षिण कोरिया पहिलो जित निकाल्न एजुकेशन सिटी स्टेडियममा खेल्ने छन् । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो ।दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।
ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् ।पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।
समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिलले आज (सोमबार) स्वीट्जरल्यान्डसँग खेल्दैछ ।कतारमा जारी विश्वकप फुटबलको समूह ‘जी’ मा रहेको ब्राजिलले स्वीट्जरल्यान्डसँग स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
सर्वियाविरुद्ध ब्राजिलले २–० गोलको जित निकाल्दा घाइत भएका नेयमार भने टिममा हुने छैनन् ।ब्राजिलका मुख्य फरवार्ड नेयमारलाई सर्वियाविरुद्धको खेलमा चोट लागेको थियो । दाया खुट्टमा चोट बोकेका नेयमारले स्वीट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाउने छन् ।
उनी दुई खेलमा नहुँदा उनको स्थानमा ब्राजिलका अर्काे आशालाग्दा खेलाडी गेब्रियल मार्टिनेलीले खेल्दै छन्। सन २००१ मा जन्मेका मार्टिनेली ब्राजिलियन राष्ट्रिय टोली तथा फुटबल क्लब आर्सनलका फरवार्डर हुन्। उनले यही विश्वकप देखि सिनियर खेलमा डेब्यु गर्दै छन्। उनले यसअघि ब्राजिलियन यु–२३ फुटबल टोलीमा खेलेका छन।
उनले आफ्नो क्लब आर्सनका लागि १८ गोल गर्न सफल भएका छन्। ब्राजिल बलियो टिम हो । स्वीट्जरल्यान्डलाई पराजित गरे ब्राजिलले अन्तिम १६ मा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउने छ । ब्राजिलमा सबै खेलाडी उत्कृष्ट छन् । यता, पहिलो खेलमा क्यामरुनविरुद्ध १–० गोलको जित निकालेको स्वीट्जरल्यान्ड ब्राजिललाई पराजित गर्ने लक्ष्यमा छ ।
Leave A Comment