Latest
img

शोभित बस्नेतले गरे प्रकाश सुवेदीको चर्को अलोचना, सलोनको विहे अघि उडाए मजाक

काठमाडौँ- सलोन बस्नेतको बिहेको धुमधाम तयारी केही दिनदेखि नै चलिरहेको छ । नेपाली फिल्म क्षेत्रमा आफ्नो अभिनयकै कारण बिशेष स्थान बनाउँन सफल अभिनेता हुन सलोन बस्नते । उनी एकजना एअरहोस्टेससँग लगनगाठो कस्दैछन् ।

बिहेको पूब{सन्ध्यामा सलोन बस्नेत सहित उनको साथीहरु रमाईलो गरिरहेका थिए । कोही नाच्न ब्यस्त थिए कोही गाउँदै थिए त कोही ताली बजाउँदे थिए । केही बेर शोभित बस्नेतले पनि नाचेर रमाइलो गरे ।सलोन बस्नेतको बिहेको पूर्बसन्ध्यामा आयोजना गरिएको कायक्रममा एउटा बिशेष कुरा देखियो ।

उनले आफु निकट कलाकार र अन्य ब्यक्तित्वहरुलाई मात्रै डाकेका थिए । उनले भन्दै थिए अब छोराको बिहेमा सबैलाई निम्तो जान्छ तर एउटा त्यो छनी के अङ्कल अरुको खिल्ली उडाएर खाने के अङकल रे । पछाडीबाट आवाज आयो त्यही प्रकाश सुवेदी नी ।

हो हो त्यो बरिष्ठ पत्रकारलाई चाहीँ म मरे निम्तो दिन्न उनले भने ।सबैजना आ आफ्नै काममा ब्यस्त थिए । शोभित बस्नेत भने चलचित्र पत्रकार प्रकाश सुवेदीको चको आलोचना गरिरहेका थिए । हुनत प्रकाश सुवेदी र शोभितको झगडाको बिजारोपण अहिले भएको भने होइन् ।

उनीहरु विगतदेखि नै एकअकाप्रति गरम देखिन्थे । चिसोको मौसम सुरु हुदाँ शोभित बस्नेतको प्रकाश सुवेदी लक्षित अभिब्यक्ति र उनको आलोचना गरिरहेका शैलीले भने त्यहाँ उपस्थित पुजा शर्मा लगायतका कलाकारको भने तापक्रम बढाइरहेको थियो ।

यो पनि -कार्तिकको ११ गतेबाट रिलिज भएको फिल्म ‘महापुरुष’को निर्माण टिमले केक काटेर सफलता सेलिब्रेशन गरेको छ ।यो फिल्मको टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा रिलिजको एक महिनामा फिल्मले बक्स अफिसमा १० करोड ग्रस कलेक्शन गरेको उल्लेख छ ।

निर्माण टिमले काटेको केकमा पनि १०० मिलियन लेखिएको थियो ।प्रदीप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्म पाँचौ हप्तामा पनि सफलताका साथ चलिरहेको छ । मल्टिप्लेक्समा अझै पनि फिल्मलाई उल्लेख्य शोज दिइएको छ ।फिल्मले ५१ दिनको लोभलाग्दो सेलिब्रेशन गर्ने अपेक्षा गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, अन्जन बराइली, अरुण क्षेत्रीको मुख्य भूमिका छ । विदेशमा पनि यो फिल्मले बम्पर कमाई गर्दै चलिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment