काठमाडौँ – अभिनेता सलोन बस्नेतले विवाह गरेका छन्। उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन्। तीन वर्षदेखि प्रेमिका करिश्मा केसीसँग प्रेम सम्बन्धमारहेका उनले आज सोमबार विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् ।
चन्दागिरि रिसोर्टमा भइरहेको विवाह समारोहमा दुवै पक्षका परिवार, साथीभाइ, नजिकका आफन्त र कलाकारहरू उपस्थित छन्। सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ ।मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा विवाहको रिसेप्सन पार्टी राखिएको छ।
शनिबार पातले वन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो। जहाँ अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगेका थिए ।वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका अरु थुप्रै कलाकारहरु पनि समारोहमा सहभागी भएका थिए ।
उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा छन्। सलोनकी प्रेमिका करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्। सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। गत शुक्रबारदेखि सलोन अभिनीत फिल्म ‘मीलन’ प्रदर्शन भइरहेको छ।
बिहेपछि उनी बुवा शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय होस्’ मा व्यस्त हुनेछन्। सलोनले ‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा डेब्यु गरेका थिए। उनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।
यो पनि- सलोन बस्नेतको बिहेको पूर्बसन्ध्यामा आयोजना गरिएको कायक्रममा एउटा बिशेष कुरा देखियो ।उनले आफु निकट कलाकार र अन्य ब्यक्तित्वहरुलाई मात्रै डाकेका थिए । उनले भन्दै थिए अब छोराको बिहेमा सबैलाई निम्तो जान्छ तर एउटा त्यो छनी के अङ्कल अरुको खिल्ली उडाएर खाने के अङकल रे ।
पछाडीबाट आवाज आयो त्यही प्रकाश सुवेदी नी ।हो हो त्यो बरिष्ठ पत्रकारलाई चाहीँ म मरे निम्तो दिन्न उनले भने ।सबैजना आ आफ्नै काममा ब्यस्त थिए । शोभित बस्नेत भने चलचित्र पत्रकार प्रकाश सुवेदीको चको आलोचना गरिरहेका थिए । हुनत प्रकाश सुवेदी र शोभितको झगडाको बिजारोपण अहिले भएको भने होइन् ।
उनीहरु विगतदेखि नै एकअकाप्रति गरम देखिन्थे । चिसोको मौसम सुरु हुदाँ शोभित बस्नेतको प्रकाश सुवेदी लक्षित अभिब्यक्ति र उनको आलोचना गरिरहेका शैलीले भने त्यहाँ उपस्थित पुजा शर्मा लगायतका कलाकारको भने तापक्रम बढाइरहेको थियो ।
Leave A Comment