काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीको अबस्था अहिले त’ नावग्र’ स्त बनेको छ ।त्यहा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुं’गामुढा गरेपछि सो क्षेत्र त’ नावग्र’ स्त बनेको हो ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।
उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेतावनी दिएका छन् ।वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।उनीहरु हातमा लाठी तथा अन्य घरेलु अ’ स्त्रसहित तयारी अवस्थामा रहेका छन् ।
महानगरले अनधिकृतरुपमा निर्माण गरिएका संरचनाहरु भत्काउने अभियानअन्तर्गत सुकुम्बासी बस्तीमा डोजर लगाउने गरेको बताइएको छ । हाल महानगर प्रहरी र नेपाल प्रहरी बस्तीमा आएका छन् ।उनीहरूले अहिले टा’ यर बा’ लेर प्रदर्शन गरिरहेका छन्।
प्रहरी परिचालन गरेर हटाउन खोजिएपछि कतै प्र’ तिकारको तयारी गरिएको छ। घरटहरा भ’ त्काउँदा पुग्ने क्षति आंकलन गर्दै कतिपयले भने झिटीगुन्टा निकालेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग मिलेर काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर चलाउन लागेको हो।
अहिले काठमाडौं महानगरका प्रहरीहरु डोजरसहित त्यहाँ पुगेका छन्। यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो। अहिले सुकुम्बासी हरुले बालेन शाहको बिरुद्द ना’ राबाजी गरिरहेका छन ।उनीहरुले आफुहरुलाई लालपुर्जा दिनु पर्ने बताईरहेका छन् ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विकल्प नभइ सुकुम्वासी बस्ती नहटाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन कार्यान्वयन हुन बागमती एकीकृत सभ्यता विकास समितिको समन्वयमा काठमाडौं महानगरले सुकुम्वासी बस्तीमा डोजर चलाउने योजना बनायो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी तथा खोला किनारा लगायतका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउन लागेको हो ।समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती छन् ।
समितिको तथ्याकंअनुसार तीन हजार ४९६ घरधुरी छन् ।सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्थानान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् । बागमती सहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।
बागमती सहितका नदी किनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन अल्टिमेटम दिएको जनाएको थियो। ।
Leave A Comment