Latest
img

कस्तो अचम्म ? दुई मिनेटमा दुई गोल गरेको सर्वियालाई क्यामरुनले फर्कायो तीन मिनेटमा दुई गोल

क्यामरुनले विश्वकप फुटबलको समूह ‘जी’ मा सर्वियाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेटमा दुई गोल गरेसँगै खेल ३–३ गोलको बराबरीमा पुगेको छ ।कतारको अल जानौब रंगशालामा ३–१ गोलले पछि परेको क्यामरुनले उत्कृष्ट प्रदर्शन गर्दै तीन मिनेटमा दुई गोल गर्न सफल भयो ।

खेलको २९औँ मिनेटमा जियान चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० गोलको अग्रता दिलाएका थिए । तर सर्वियाले पहिलो हाफको अन्तिम समयको दुई मिनेटमा दुई गोल गर्न गरेपछि क्यामरुन २–१ ले पछि परेको थियो । सर्वियाका स्ट्राहिन्जा पाभ्लोभिचले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्ज मिलिनकोभिच साभिचले गोल गर्दै सर्वियालाई पहिलो हाफसम्म २–१ को अग्रता दिलाएका थिए ।खेलको ५३औँ मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्वियालाई ३–१ गोलको अग्रता दिलाएका थिए । तर क्यामरुनले पनि नाटकीय प्रदर्शन गर्दै लगातार दुई गोल गर्न सफल भयो ।

खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबौबकारले गोल गर्दै क्यामरुनलाई ३–२ को स्थितिमा पुर्र्याए । खेलको ६६औँ मिनेटमा इरिक म्याक्सिम मोटिङले गोल गरेपछि सर्वियाविरुद्ध क्यामरुनले ३–३ को बराबरी बनाएको हो ।त्यस्तै आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ ।त्यस्तै समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बेलुकी ६ः४५ बजेपछि एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो ।समूह चरण पार गर्ने सम्भावना जीवित राख्न दुवै टोलीको जितको खाँचो छ ।

यस विश्वकपमा एसियाली राष्ट्रले सनसनीपूर्ण नतिजा आत्मसात गरिरहेको अवस्थामा दक्षिण कोरिया पनि घानालाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ । उरुग्वेसँग बराबरीमा रोकिनुका बावजुत दक्षिण कोरियाले राम्रो खेल पस्केको थियो ।सन् १९८६ देखि लगातार १०औं पटक तथा समग्रमा ११औं पटक विश्वकप खेलिरहेको कोरियाको सबैभन्दा ठुलो उपलब्धि २००२ मा सेमिफाइनलमा पुग्ने हो ।

त्यसयताको पछिल्लो दुई संस्करणमा कोरियाले समूह चरण पार गर्न सकेको छैन ।ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रने दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल,

जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङको साथ रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment