एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (सोमबार) समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच भएको खेलमा घानाले गोलको बर्षा गरेको छ । पहिलो हाफ सकिदा घानले २ -० को अग्रता लिएको छ । खेल बेलुकी ६ः४५ देखि एजुकेशन सिटी रंगशालामा शुरु भएको हो ।
दुवै टोली पहिलो जितको खोजीमा छन् ।खेलको सुरुआतबाटै आक्रामक फुटबल खेलेको घानाले यही गति कायम राखे कोरियालाई दोस्रो हाफमा कमब्याक गर्न कठिन हुने देखिएको छ ।पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले हारेर आएको घाना आज जितको दबाबमा छ ।
कोरियाविरुद्ध उसले ११ मिनेटको बीचमा २ गोल गरेर अग्रता बनायो । पहिलो गोल २४औं मिनेटमा मोहम सालिसुले गरे भने दोस्रो गोल मोहमद कुडुसले गरेर कोरियालाई झट्का दिए । पहिलो हाफमा कोरियाले ५९ प्रतिशत बल पकडमा राखेर खेल्दा ६ वट सट हानेकोमा सबै अफ टार्गेट रह्यो ।
अन टार्गेट सट ० ।यता, घानाले भने पहिलो हाफमा ४१ प्रतिशत बल पाउँदा उसले जम्मा २ वटा सट प्रहार गरेकोमा २ वटै अन टार्गेट रहे भने ती दुवै सट गोलमा परिणत भए । घानाले पहिलो हाफमा हानेका सटलाई शतप्रतिशत गोलमा परिणत गर्न सफल भयो ।
दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो ।समूह चरण पार गर्ने सम्भावना जीवित राख्न दुवै टोलीको जितको खाँचो छ ।यस विश्वकपमा एसियाली राष्ट्रले सनसनीपूर्ण नतिजा आत्मसात गरिरहेको अवस्थामा दक्षिण कोरिया पनि घानालाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ ।
उरुग्वेसँग बराबरीमा रोकिनुका बावजुत दक्षिण कोरियाले राम्रो खेल पस्केको थियो ।सन् १९८६ देखि लगातार १०औं पटक तथा समग्रमा ११औं पटक विश्वकप खेलिरहेको कोरियाको सबैभन्दा ठुलो उपलब्धि २००२ मा सेमिफाइनलमा पुग्ने हो । त्यसयताको पछिल्लो दुई संस्करणमा कोरियाले समूह चरण पार गर्न सकेको छैन ।
ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रने दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल, जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङको साथ रहेको छ ।
यता, पोर्चुगलसँग पराजित भएपनि सानदार खेल पस्किएको घाना एसियाली प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै समूहमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।चौथोपटक विश्वकप खेलिरहेको घाना अघिल्लो संस्करणमा छनोट हुन सकेको थिएन । २०१० मा क्वाटरफाइनल पुग्ने नै घानाको विश्वकपमा सबैभन्दा राम्रो नतिजा हो ।
टोलीसँग लवरेन्स एटी जिगी, डानिएल अमार्टे, अलेजान्डर जिकु, मोहम्मेद सालिसु, तारिक लाम्प्टे, थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस सामेद, आन्द्रे आयु, जोर्डन आयु, कमलदिन सुलेमाना, ओस्मान बुकारी र इनाकी विलियम्स रहेका छन् ।
यि दुई टोली हालसम्म दुईपटक भेट हुँद दुवै टोलीले समान एक जित निकालेको छ । २०११ मा भएको मैत्रीपूर्णमा कोरियाले २–१ को जित निकालेको थियो । त्यसपछि सन् २०१४ मा भएको मैत्रीपूर्णमा घानाले ४–० आरामदायी जित निकालेको थियो । त्यसयता यि दुई टोली पहिलो पटक खेल्न लागेको हो ।
Leave A Comment