Latest
img

बाबुराम,प्रचन्ड र झलनाथ ल्याउला त माओबादीले: प्रतिनिधिसभामा ६० सिट

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतले बताएको छ । ‘हाम्रो दाबी ६० सिट हो ।
त्यही अनुसार कार्यदलमा हाम्रा साथीहरुले धारणा राख्नुहुन्छ,’ एक नेताले भने ।

२०७४ चुनावमा नेकपा एमालेसँग तालमेल गरेको माओवादीले ३७ सिट जितेको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच ६०-४० को भागबण्डा भएको थियो । जस अनुसार माओवादीले ६० सिटमा उम्मेदवारी दिएको थियो ।

त्यसबेला माओवादी केन्द्रबाट चुनाव जितेकामध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी हाल एमालेमा छन् ।

तर यो पटक डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमले माओवादीको चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment