काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रतालाई कायमै राखेकाे छ । हिलेसम्मकाे मतगणनाअनुसार नेकपा एमाले २५ लाख ५६ हजार एक सय ५९ मतसहित अग्र स्थानमा रहेकाे छ ।
एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेकाे छ । कांग्रेसले अहिलेसम्म २४ लाख २५ हजार चार सय २८ मत प्राप्त गरेकाे छ । नेकपा माओवादी केन्द्र १० लाख ८२ हजार आठ सय ३८ मतसहित तेस्राे स्थानमा छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १० लाख मत ल्याइसकेकाे छ ।
उसले १० लाख ६६ हजार दुई सय १८ मत प्राप्त गर्दै चाैथाे स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ४७ हजार पाँच सय ६४ मतसहित पाँचाैँ स्थानमा छ । यस्तै जनता समाजवादी पार्टीले तीन लाख ४० हजार एक सय आठ, जनमत पार्टीले दुई लाख ८३ हजार एक सय ६४ र नेकपा एकीकृत समाजवादीले दुई लाख ५९ हजार छ सय ६४ मत प्राप्त गरेकाे छ ।
उता ण्डकी प्रदेश अन्तर्गतका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। मतगणना बाँकी स्याङ्जाका दुई निर्वाचन क्षेत्रको नतिजा कहिले आउँछ भन्ने चाहिँ टुंगो छैन।आइतबारसम्म सार्वजनिक भएका ३४ निर्वाचन क्षेत्रमध्ये कांग्रेसका उम्मेदवार सर्वाधिक १६ ठाउँमा निर्वाचित भएका छन्।
त्यस्तै, एमाले १२, माओवादी केन्द्र ४, नेपाल समाजवादी पार्टी १ र स्वतन्त्र १ ठाउँमा निर्वाचित भइसकेका छन्। प्रत्यक्षतर्फ मात्रै हेर्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी देखिन्छ। तर, जारी समानुपातिक मत गणनामा एमालेले अग्रता लिइरहेको छ। बिहीबार दिउँसम्म गणना भइसकेको ९ लाख १८ हजार ९०३ मतमा भने एमाले अगाडि छ।
उसले गणना भइसकेको मतको आधारमा ३७. ०६ प्रतिशत मत पाएको छ। त्यस्तै, कांग्रेसले ३४.५६ प्रतिशत, माओवादी केन्द्रले १२.५५ प्रतिशत र राप्रपाले ६.२१ प्रतिशत मत पाइसकेका छन्। समानुपातिकतर्फ पनि अहिलेकै मत ट्रेन्ड कायम रहेमा कांग्रेसले ८-१० सिट पाउने आकलन गर्न सकिन्छ।
त्यसो हुँदा प्रदेश सभामा २४-२६ सिट हुनेछ। यस्तै गरी, एमालेको २२-२४, माओवादी केन्द्रको ७-८ र राप्रपाको २-३ सिट हुनसक्नेछ। समानुपातिकतर्फको मत गणना जारी भएकाले अन्तिममा केही सिट तलमाथि पर्ने सम्भावना छ। तर मूलभूत रुपमा पहिलो दल कांग्रेस, निकटम अन्तरमा रहेर दोस्रो दल एमाले र तेस्रो दल माओवादी केन्द्र हुने देखिन्छ।
तर मत गणना बाँकी रहेको स्याङ्जामा एमालेले जित निकालेमा कांग्रेसकै हाराहारी र कांग्रेसले जितेमा ऊ केही ठूलो हुनसक्छ। ६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तिमा ३१ सिट चाहिन्छ। तेस्रो दल माओवादी केन्द्रको साथ लिएर कांग्रेस वा एमालेले सरकारको नेतृत्व गर्न सक्ने सहज सम्भावना छ।
एमालेलाई भने थप अन्य दलको साथ लिनुपर्ने हुनसक्छ। संघीय सरकारमा अहिले कायम रहेको गठबन्धन अब पनि निरन्तर रहेमा गण्डकी प्रदेशमा कांग्रेस-माओवादी केन्द्रको सरकार बन्ने सम्भावना उच्च छ। अझै, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङ पनि यही गठबन्धनमा जोडिने सम्भावना छ।
Leave A Comment