Latest
img

जव आमने सामने भए दुई स्टार, अनमोल र सलिन , खाना खाने समयमा…

काठमाडौँ – फिल्ममा डेब्यूको हिसाबले अनमोल केसीले सलिनमान बनियाँभन्दा दुई-चारवटा भोटो अगाडि नै फटाएका हुन् । अनमोलले सन् २०१४ मा ‘होस्टेल’बाट डेब्यू गरेका थिए भने सलिनको डेब्यू सन् २०१७ मा ‘ए मेरो हजुर २’बाट भयो ।

दुवै डेब्यू फिल्मबाटै स्टार बने । युवापुस्तामा उनीहरुको लोभलाग्दो क्रेज छ । र, मिडियाले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा लिने गरेको छ ।२०७५ सालमा एउटा रोचक संयोग जुर्‍यो । कहिल्यै एकअर्कासँग भेट नभएका यी दुई स्टारको फिल्म एकै मितिमा जुध्न पुगे ।

चैत २९ गते अनमोल अभिनीत ‘ए मेरो हजुर ३’सँग सलिनमानको दोस्रो फिल्म ‘यात्रा’ जुधेको थियो । यो प्रतिस्पर्धामा जित अनमोलको भयो । यसपछि सलिनमानले फिल्ममा काम गरेका छैनन् । अनमोलको भने ‘ए मेरो हजुर ४’ पनि हलमा रिलिज भइसकेको छ ।

पहिलो पटक सोमवार अनमोल र सलिनबीच भेट भएको छ । भेट अरु कहिँ होइन, अभिनेता सलोन बस्नेतको विवाहमा भएको हो । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको विवाह समारोहमा सहभागी हुने क्रममा उनीहरु आमने-सामने भएका हुन् । भेट हुँदा उनीहरु एकअर्कासँग तर्किएनन् ।

हात मिलाउँदै अंकमाल गरे । घर फर्किने क्रममा अनमोल र सलिनबीच लामै संवाद पनि भएको थियो ।अनमोल र सलिमान एकसाथ देखिँदा दुवैका प्रशंसकहरुमा खुसीको सीमा छैन । उनीहरु दुवै सलोनसँग निकै नजिक छन् । केही फिल्ममा एकसाथ काम गरेकाले पनि उनीहरुबीच बलियो मित्रता छ ।

चन्द्रागिरीमा पुगेका अनमोल र सलिन लामो समयसम्म गफिए । अनमोल र सलिन बैबाहिक समारोहमा लामो समय एकसाथ बसेका थिए । बैबाहिक समारोहमा सलिन दिनभर नै थिए भने अनमोल करिब २ घन्टा मात्र बसे ।उनीहरु खाना खाने समयमा पनि एकसाथ थिए ।

अनमोल र सलिनले करिअर र व्यक्तिगत कुराकानी गरेका थिए ।नेपाली फिल्म क्षेत्रमा अनमोल केसी अहिलेका सर्वाधिक चलेका नायक हुन् । सलिनमानले भने २ वटा फिल्म खेलेर फिल्म क्षेत्रप्रति खासै मन बनाएका छैनन् ।सलिनमान त केही दिनदेखि सलोनको विवाहकै रमझममा रमाइरहेका छन् ।

विवाहपूर्व भएको मेहेन्दी कार्यक्रममा सलिनको काँधमा चढेर सलोनले नाचेको भिडियो यतिबेला भाइरल छ ।नेपाली फिल्म क्षेत्रमा अनमोल केसी अहिलेका सर्वाधिक चलेका नायक हुन् । सलिनमानले भने २ वटा फिल्म खेलेर फिल्म क्षेत्रप्रति खासै मन बनाएका छैनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment