लण्डन । लण्डनमा सडक दु’ र्घटनामा परी एक नेपाली युवाको नि’ धन भएको छ । कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार ३१ वर्षीय महेश चन्दको पुलबाट खसेर विहीबार राति नि’ धन भएको छ ।प्रहरीका अनुसार सो घटनामा अरू संलग्न नभएको बताइएको छ ।
कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दु’ र्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका चन्द करिब ६/७ वर्षदेखि लण्डनको पूर्वी उत्तर क्षेत्रमा परिवारका साथ बस्दै आएका थिए ।
चन्दको दुई नाबालक सन्तान (छ वर्ष र डेढ वर्षको) रहेको बुझिएको छ । चन्दको परिवारले उनको श’ व नेपाल लैजान चाहेको छ । त्यसका लागि आर्थिक अभाव भएपछि उनीहरुले सहयोगका लागि गैरआवासीय नेपाली संघ युकेमा निवेदन दिएका छन् ।एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिनुभयो ।
संघले उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा अभियान शुरु गरेको छ ।सहयोग गर्न इच्छुकदाताहरुले गैरआवासीय नेपाली संघ युकेको बैँक खाता Non-Resident Nepalese Association UK Account No ५१७०७००० Sort Code 40-46-22 मा सहयोग गर्न सकिने बताइएको छ ।
यो पनि – बेलायतमा क्रियाशिल नेपाली कानून व्यवसायीहरुको संस्था ‘ब्रिटेन नेपाल लयर्स एशोसिएसन’ मा नयाँ नेतृत्व चुनिएको छ। शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटीमा सम्पन्न एशोसिएसनको चौंथो अधिवेसनले सोलिसिटर दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
सर्वसम्मतिमा निर्वाचित कार्यसमितिमा उत्तरमान तिगेला उपाध्यक्ष, जिनिता पन्धक सचिव, प्रकाश पोखरेल सहसचिव, सरिता मगर कोषाध्यक्ष, रोजन भण्डारी सहकोषाध्यक्ष तथा विष्णु बुढाथोकी र विपिन रेग्मी सदस्य छन्।नयाँ समिति निर्वाचनको प्रक्रियामा निर्वाचन आयुक्तको भूमिका बुद्धिजीवी शिवजी श्रेष्ठले निर्वाह गरेका थिए।
एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी थिए ।नवनिर्वाचित अध्यक्ष भट्टराई बेलायतमा स्थापित नेपाली कानून व्यवसायी हुन्। झन्डै १४ बर्षदेखि यस पेशामा आवद्द उनले बेलायतस्थित नेपाली कानून व्यवसायीहरुको संगठन,
क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।अध्यक्ष भट्टराईले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार, नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग गर्ने अठोट पनि व्यक्त गरे ।
नयाँ नेतृत्व चुन्नु अघि आयोजित सेमिनारमा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, प्रा. डा. सूर्यप्रसाद सुवेदी (केसी), ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले कानून र बेलायत नेपाल सम्बन्धका विभिन्न आयामबारे चर्चा गरे ।प्रमुख अतिथी राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध, बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास, न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बताए ।
गोर्खा मुद्दामा लामो अनुभव संगालेका ब्यारिस्टर राफेलले भूतपूर्व गोर्खा र उनीहरुलाई न्याय तथा मानवअधिकार सम्बन्धमा आफ्नो विचार राखेका थिए ।प्रा. डा. सुवेदीले बेलायत नेपाल सम्बन्ध र विभिन्न सन्धि, बेलायतको प्रजातान्त्रिक मूल्य मान्यता तथा नेपालमा बेलायती लगानीका कानूनी पक्षबारे व्याख्या गरे ।
Leave A Comment