Latest
img

मेयर बालेन शाहलाई ज्यान मा’ र्ने ध’ म्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मा’ र्ने ध’ म्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयले ढुंगामुढासहित प्र’ तिकार गरेका थिए ।

बागमती नदी कब्जा गरेर थापाथलीमा कथित सुकुमबासीका घर टहरा भत्काउने क्रममा प्र’दर्शनमा उत्रिएका व्यक्तिहरूले बालेनको ह’ त्या गर्ने ध’ म्कि दिएका हुन् ।मेयर शाहले आफूलाई ह’ त्या गर्ने भनेर दिइएको चे’ तावनीको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर शान्ति सुरक्षाको माग गरेका छन् ।

बालेनले तस्बिरमा देखाइएको ती व्यक्तिको भिडियो राखेका छन् । ह’ त्या गर्ने चेतावनी दिने ती व्यक्तिको नाम खुलेको छैन ।मेयर शाहले प्रश्न गर्दै लेखेका छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आ’ तं कवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

सोमबार सुकुम्बासीका घर टहरा भत्काउन गएका बेला कथित सुकुम्बासीहरूले घरेलु ह’ ति’ यारले आ’ क्र’ मण गरेका छन् ।उनीहरूको आ’ क्रमणबाट सुरक्षाकर्मी घा’इते भएका छन् ।बागमती नदी क’ब्जा गरेर कथित सुकुम्बासीहरूलाई हटाएर मेयर शाहले बागमती नदीको संरक्षण गर्न लागेका छन् ।तर, मेयर शाहको अभियानलाई केही अराजक तत्वले असहयोग गरेर स्वार्थ लिन खोजेको छ ।

काठमाडौं महानगरपालिकाको मयरमा निर्वाचित भएर आएपछि शाहले राम्रा काम गर्दै आएका छन् । उनले वर्षौंदेखि बेथिति र कब्जा गरिएका सरकारी जग्गा जमीन फिर्ता गराउन लागेका छन् ।मेयर शाहलाई सहयोग गर्नुको साटो केही तत्वले धमिलो पानीमा माछा मा’ र्ने प्रयास गरेका छन् ।

यसअघि, थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन् ।घा’ इतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घा’ इतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले बताएका छन् ।

उनका अनुसार धेरै घा’ इतेको टाउकोमा चोट छ ।उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ ।नगर प्रहरी शर्मिला बोगटीलाई शरीर ब’ न्ध क बनाई घा’इते बनाएको पनि महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

यस घटनाको नेतृत्व गर्ने तथा संलग्न भएका व्यक्तिहरूको नाम समेत खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाएको उनले बताए ।मंसिर ४ गतेभित्र नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment