Latest
img

सुकुम्बासी प्रकरणः प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेरै भेटे मेयर बालेनले

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। अनधिकृत संरचना भत्काउने काम सरकारले गर्नुपर्ने तर नगरेको महानगरले अग्रसरता लिएर काम गर्दा पनि सरकार मौन बसेको भन्दै मेयर बालेन प्रधानमन्त्रीलाई नै भेट्न सोमबार बालुवाटार गएका हुन्।

प्रधानमन्त्री देउवालाई भेट्न मेयर बालेनले बालुवाटारमा धेरैबेर कुर्नुपरेको उनका स्वकीय सचिव भूपदेव शाहले गुनासो गरेका छन्। ‘सरकारले महानगरलाई अहिलेसम्म अ’ नधिकृत रूपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नपर्ने हो।

तर महानगरले आफैँ अग्रसरता देखाउँदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरू र सम्बद्ध निकाय किन मौन?’, देउवालाई भेट्न प्रधानमन्त्री निवास पुगेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनका स्वकीय सचिव शाहले सामाजिक सञ्जालमा लेखेका छन्,

‘सोको जानकारी लिन मेयरज्यू प्रधानमन्त्रीलाई भेट्न प्रम निवास बालुवाटारमा निकै समय कुरेरर भेट्नको लागि प्रतीक्षा गर्दै।’मेयर बालेनले साढे ४ बजे बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए। ेटका क्रममा प्रधानमन्त्री देउवा बागमती नदी किनारमा रहेको बस्ती हटाउनका लागि सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ।

यसैबीच, मेयर बालेनले ‘बालेन शाहको ज्यान ख’ तरामा हुन्छ’ भनेर स्थानीयले आक्रोश व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उक्त पोस्टमा बालेन लेख्छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आ’ तंक वाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ?’

काठमाडौं महानगरका मेयर बालेन सोमबार सुकुम्बासीको आ’ क्र मणबाट घा’इते भएका नगर प्रहरीलाई भेट्न अस्पताल पनि पुगेका थिए। उनले त्यहा घा’ इतेको अबस्था बारे जानकारी लिएका थिए ।उता नेकपा एमालेका नेता महेश बस्नेतले कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताएका छन् ।

काठमाडौं महानगरले पूर्वतयारीबिना थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन खोजेको विषयमा उनले यस्तो बताएका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विकल्प र क्षतिपूर्तिबिना सुकुम्बासी बस्तीमा डोजर लगाएर क’ ठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने बताए ।

उनले लेखेका छन्, ‘बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ ।ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ ।

अघिल्लो सदनले पाँस गरेको भूउपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ ।’चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रश्नसमेत गरे ।

मंसिर महिनाको यो क’ठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने उनले बताए ।‘म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आ’ न्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घा’ ईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन,’ उनले उल्लेख गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment