Latest
img

Breaking: उरुग्वेबिरुद्द पोर्चुगलको १ गोल

फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) समूह ‘एच’ को खेलमा पोर्चुगल र उरुग्वेबिचको खेलमा पोर्चुगल ले १ गोल गरेको छ ।पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि गोल रहित बराबरीमा सकिएको थियो । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ ।

तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको छ । गोलरक्षक डिअ‍ोगो कोस्टाले पोर्चुगललाई एक खतराबाट भने जोगाए ।खेलको तेस्रो मिनेटमै पोर्चुगलले पोस्टमा आक्रमण गर्ने अवसर पाएको थियो । रोनाल्डोले छातीले दिएको पासमा विलियम कार्भाल्होले पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

खेलको ३२ अ‍ौं मिनेटमा उरुग्वेले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रोड्रीगो बेन्टान्कुरले मिडफिल्डबाट एक्लै बल बढाउँदै पोर्चुगलको डिफेन्स लाइन बिट गरे । उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनको स्थितिमा उनको प्रहार गोलरक्षक डिअ‍ोगो कोस्टाले बचाए ।पहिलो हाफमा दुबै टोलिले गोलका दुई दुई मौकाहरु सिर्जना गर्याे भने खेलको ३२औं मिनटमा

उरुग्वेका भेसिनोले तिनजना डिफेन्स् लाइनलाई पाखा लगाउँदै गरेको प्रयास पोर्चुगलका गोलकिपर डिओगो कोस्टाले बचाएका थिए । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेदेखि सुरुभएको हो ।पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँदा उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।आठौंपटक विश्वकप खेलिरहेको पोर्चुगलको सबैभन्दा राम्रो नतिजा सन् १९६६ मा तेस्रो हुनु नै सबैभन्दा उतकृष्ट नतिजा हो । त्यसपछि पोर्चुगल सन् २००६ मा सेमिफाइनलमा पुगेको थियो ।

त्यसयता पोर्चुगलले प्रि–क्वाटरफाइनल पार गर्न सकेको छ ।टोलीसँग पाँच पटक विश्वकप खेलेका र लगातार पाँचै संस्करणमा गोल गरिसकेका भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको साथ रहेको छ ।यसबाहेक टोलीसँग ब्रुनो फर्नान्डेस, डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे,

डानिलो परेरा, एन्टोनियो सिल्भा, विलियम कार्भाल्हो, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा, जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा रहेका छन् ।

यता, पहिलो खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएको उरुग्वे पनि पोर्चुगललाई हराउँदै समूहमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । यस खेलमा जित निकाल्न सके उरुग्वेको समूह चरण पार गर्ने सम्भावना बलियो रहन्छ । बराबरी या हारले टोलीको अघिल्लो चरणको यात्रा अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

१४औं पटक विश्वकप खेलिरहेको दुई पटकको च्याम्पियन उरुग्वे त्यसयता सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । उरुग्वे पछिल्लोपटक २०१० मा सेमिफाइनलमा पुग्दा २०१८ मा क्वाटरफाइनलमा पुगेको थियो ।टोलीसँग भेट्रान फरवार्ड लुइस सुआरेजसँगै एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज,

सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, माथिअस ओलिभिएरा, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना, फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, निकोलस डे ला क्रुज, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस र अगुस्टिन कनोबियो रहेका छन् ।

यि दुई टोलीले हालसम्म तीनपटक प्रतिस्पर्धा गरेको छ । तीन खेलमा दुवै टोलीले समान एक जित, बराबरी र हारको नतिजा निकालेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१८ को विश्वकपमा प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दा उरुग्वे २–१ ले विजयी भएको थियो । त्यसबेला गोल गरेका एडिन्सन काभानी अहिले पनि उरुग्वको टोलीमा तथा पेपे पोर्चुगलको टोलीमा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment