Latest
img

Breaking: उरुग्वेलाई २ -० गोलले हराउदै पोर्चुगल बिजयी

काठमाडौं– उरुग्वेलाई २ -०ले हराउदै पोर्चुगल बिजयी भएको छ ।क्रिस्टियानाे राेनाल्डाेले ५४ मिनेटमा हेडिङ गाेल गरेर पहिलो अग्रता दिलाएका थिए भने खेलको अन्तिममा थप १ गोल गर्दै पोर्चुगल बिजयी भएको हो । पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए ।तुलनात्मक रूपमा आ क्रमणमा बढि व्यस्त देखिएपनि उरुग्वेले अवसर सदुपयोग गर्न सकेन ।

बल पोसेसनमा सहज देखिएको पोर्चुगलविरुद्ध उरुग्वे काउन्टर अट्याकमा समस्या दिन सफल भएको थियो । खेलमा १-० ले पछाडी परेपछि आ क्रमणमा जोड दिएपनि उरुग्वेले बराबरी गोल फर्काउन सकेन । इन्ज्युरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको तेस्रो मिनेटमै पोर्चुगलले पोस्टमा आक्रमण गर्ने अवसर पाएको थियो । रोनाल्डोले छातीले दिएको पासमा विलियम कार्भाल्होले पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।खेलको ३२ अ‍ौं मिनेटमा उरुग्वेले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

रोड्रीगो बेन्टान्कुरले मिडफिल्डबाट एक्लै बल बढाउँदै पोर्चुगलको डिफेन्स लाइन बिट गरे । उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनको स्थितिमा उनको प्रहार गोलरक्षक डिअ‍ोगो कोस्टाले बचाए ।दोस्रो हाफको ५४ अ‍ौं मिनेटमा पोर्चुगलले अग्रता लियो ‌‌।

ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्र बाहिरबाट रोनाल्डोतर्फ दिएको लामो पास गोलमा परिणत भएको थियो ‌‌। रोनाल्डो हेडरका लागि उफ्रेको अवस्थामा गोलरक्षक सर्जियो रोसेटले बलको दिशा बुझ्न नसक्दा गोल सम्भव भएको थियो ।७५ अ‍ौं मिनेटमा उरुग्वेका म्याक्सी गोमेजको प्रहारमा गोलरक्षक कोस्टा बाधक बने ।

लगत्तै फ्रिकिकमा आएको रिबाउन्डमा लुइस सुआरेज बललाई पोस्टको दिशा दिनबाट चुके । त्यसको एक मिनेट नबित्दै फेडे भालभर्डेको पासमा जिअर्जिअन डे आरासेटाको चिप प्रहार कोस्टाले दोस्रो प्रयासमा जोगाए ।इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका लागि ब्रुनोले पेनाल्टीमा दोस्रो गोल गरे ।

भिडियो एसिसेन्ट रेफ्रीले उरुग्वेको बक्सभित्र ह्यान्ड भएको निर्णय लिएपछि प्राप्त पेनाल्टीमा ब्रुनो गोल गर्न सफल भए । इन्ज्युरी समयको अन्त्यतिर ब्रुनोको ह्याट्रिक प्रयासमा गोलरक्षक र पोस्ट बाधक बने । उनको पहिलो प्रहार गोलरक्षक रोसेटले विफल पारे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

यस समूह अन्तर्गत आजै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको थियो ।यस नतिजासँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌। लगातार दोस्रो जितसँगै ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ ।घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment