काठमाडौं: गए राति सम्पन्न पोर्चुगल र उरुग्वेबीचको खेल पोर्चुगलले २-० गोलअन्तरले जित्यो। जितसँगै पोर्चुगल जारी विश्वकपमा अन्तिम १६ मा पुग्ने तेस्रो टोली बन्यो। यस खेलमा एउटा रोचक घटना भयो। पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजले गरेको गोललाई आफ्नो गोल भन्दै रमाए।
केही मिनेटसम्म रोनाल्डो त अत्यधिक खुशी पनि भए। नहोऊन् पनि किन, उक्त गोलसँगै रोनाल्डोले युसेबियोको कीर्तिमान बराबरी गरेका थिए। युसेबियो पोर्चुगलका महान् खेलाडी मानिन्छन्। उनले विश्वकपमा कुल नौ गोल गरेका छन्। तर रोनाल्डोको खुशी र कीर्तिमान बराबरी केही मिनेटमै ‘फेक’ साबित भयो।
किनकि गोल रोनाल्डोले होइन, ब्रुनोले गरेका थिए भन्ने रिप्लेबाट थाहा भयो। ब्रुनोले गरेको प्रहारलाई रोनाल्डोले ‘हेडर’ मार्फत गोलपोस्टको दिशा दिन खोजेका थिए। यद्यपि रोनाल्डोले छुनै नपाई बल गोलपोस्टतिर छिरेको रहेछ। तर, रोनाल्डो जसरी आफैँले प्रहार गरेको भावमा रमाए, त्यस्तोमा नझुक्किने को होला र!
त्यसपछि युसेबियोको गोलको कीर्तिमान पनि भङ्ग हुन पाएन । रोनाल्डो अझै पनि विश्वकपमा आठ गोलसहित उनलाई पछ्याइरहेका छन् । यता पोस्ट म्याच कन्फरेन्समा ब्रुनोले आफ्नो टिम अन्तिम १६ मा पुगेकाले जसले गोल गरे पनि मतलब नहुने बताए ।’मलाई लाग्दैन कसले बल छोयो भन्ने कुराले महत्त्व राख्छ भनेर।
त्यसबेला मलाई क्रिष्टियानोले बल छोए भन्ने लागेको थियो।’ रोनाल्डोले किन खुशी मनाउन हतार गरे भन्ने पनि कारण छ। उनले विश्वकप सुरु हुनुअघि नै युसेबियोको कीर्तिमान भङ्ग गर्ने इच्छा रहेको बताएका थिए। त्यस्तै कतारमा भइरहेको फिफा विश्वकपमा आजबाट तेस्रो राउन्डको सुरुआत भएको छ।
यसअघि सबै ३२ टिमले दुई खेल खेलिसकेका छन्। आज नेपाली समय अनुसार दुवै खेल ८:४५ बजे हुनेछ। समूह ‘ए’ को इक्वेडर र सेनेगल बीचको खेल खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा हुनेछ ।समूह ‘ए’ को अर्काे खेल नेदरल्यान्ड र कतारबीच अल बेट स्टेडियमा हुनेछ, भने, र समूह ‘बी’ को अमेरिका र इरान बीच हुनेछ।
विश्वकपको समूह चरणमा रहेको सबे खेल खेली सकेपछि नकआउट चरणमा पुग्न सेनेगलाई ३ अंकको खाँचो छ। सेनेगल दुई खेल खेल्दा एक खेलमा जित र अर्काे खेलमा हार व्यहाेरेकाे थियो। त्यस्तै आज हुन गइरहेको खेलमा सेनेगले इक्वेडरलाई जित्नै पर्न हुन्छ, इक्वेडरले यसअघि कतारलाई २–० ले हराएको थियो भने नेदरल्यान्डसँग १–१ को बराबरी भएको थियो।
इक्वेडरकाे ४ पोइन्ट रहेको छ। सेनेगले इक्वेडरलाई जित्ते नकआउट चरणमा पुग्छ भने सेनेगल हारेमा सेनेगलको विश्वकप यात्रा यही सकिन्छ।त्यस्तै अर्काे खेलमा नेदरल्यान्ड र कतार खेल्दै छन्। आयोजक राष्ट्र कतार आफ्नो पहिलो खेलमा इक्वटेरसँग २–० ले हारेको थियो। त्यस्तै आफ्नो दोस्रो खेलमा पनि कतार सेनेगलसँग ३–१ ले हारेको थियो।
सन २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा पहिलो पटक आयोजक राष्ट्र अफ्रिका समूह चरणबाट बाहिरिएको थियो । यसवर्षको आयोजक राष्ट्र कतार पनि दुई खेल हार्दा विश्वकपको यात्रा सकिने निश्चित भइसकेको छ। दक्षिण अफ्रिका ले आयोजना गरेको सन २०१० विश्वकपकाे इतिहास मै पहिलो पटक अयोजक राष्ट्र भएर पनी समूह चरणबाटै बहिरिएको थियो।
इतिहास फेरि दोहोरिन्छ भने जस्तै कतार यसपालि को वर्ल्डकप मा पनि आफ्नो अघिल्लो २ खेलमा लज्जास्पद हार व्यर्हाेदै वर्ल्डकपकाे समूह चरणबाट बहिरिने दोस्राे आयोजक राष्ट्र बनेको छ। कतारको चुनौती भने यहि सकिएकाे छैन, आज हुने नेदरल्याण्ड्स विरुद्धको खेलमा कतारलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मौका छ।
दुर्भाग्यबस, आयोजक कतारले उक्त खेल जितेपनि विश्वकपकाे यात्रा सकिने छ।त्यस्ते आज हुने तेस्रो खेलमा अमेरिका नकआउट चरणमा पुग्नका लागि इरानलाई जित्नै पर्ने हुन्छ। अमेरिकाले आफ्नो पहिलो खेल वेल्ससँग १–१ को बराबरीमा खेलेको थियो भने दोस्रो खेलमा इग्ल्याण्ड र अमेरिकाबीच खेल ०–० को बराबरीमा रोकिएको थियो।
समूह अंकमा अमेरिका तेस्रो स्थानमा छ भने सो टोलीको २ पोइन्ट छ भने इरान दोस्रो अंकमा रही ३ पोइन्ट जोड्न सफल भएको छ। अमेरिका इरानसँग हारेमा अमेरिकाको यात्रा यहीबाट सकिन्छ।
Leave A Comment