काठमाडौं । हाल थुनामा रहेका अभिनेता पल शाहको जेलमा नै व्यस्त दैनिकी सुरु भएको छ । ना’ बालिकामाथि ब’ लात्का रको मुद्दामा थुनामा रहेका उनलाई भेट्न हिजोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।
आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ’ न दु रुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जे’ल सजाय पाइसकेका पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए ।पलले कुराकानीका क्रममा कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको बताएका छन् ।
कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ , ‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।यता फिल्म ‘यात्रा’मा काम गरेपछि नायक सलिनमान बनियाँले नयाँ फिल्ममा काम गर्ने मन नै बनाएनन् । उनलाई केही मेकरले फिल्मको अफर नगरेका होइनन् ।
तर, सलिमानले फिल्ममा काम गर्ने इच्छा खासै नदेखाएको बताइन्छ । उसो त सलिनमानले आफ्नी प्रेमिकासँग बिहे गर्न लागेको खबर समेत सार्वजनिक भएको थियो । तर, सोमबार नायक सलोन बस्नेतको बिहे समारोहमा भेटिएका सलिनमानले तत्काल बिहे नगर्ने बताएका छन् । उनले, करिब २ बर्ष बिहे हुँदैन होला भने ।
फिल्म क्षेत्रबाट टाढा जस्तो देखिएका सलिमानलाई फिल्म क्षेत्रले उनलाई नखोजेको जस्तो महशुश हुन्छ । नेपाली फिल्ममा नायकको अभाव भैरहेको समयमा पहिलो फिल्मबाट नै स्टारडम बनाएका सलिनमान जस्ता नायक भने हराएका छन् ।सलिमान भने फिल्म क्षेत्रले आफूलाई नखोजेको गुनासो गर्दै थिए । सलिनमानले गरेको यो गुनासोमा त्यती ठूलो सत्यता नरहेको देख्न सकिन्छ ।
किनकी, फिल्म क्षेत्रका नाम चलेका मेकरले समेत सलिनलाई फिल्मका लागि अफर गरेका छन् ।सलिनमानले फिल्म खेल्न मन बनाउने हो भने उनका लागि करोड खर्च गर्न धेरै निर्माता तयार छन् । तर, सलिमान आफै फिल्म क्षेत्रबाट हराएका छन् ।
Leave A Comment