Latest
img

नेपालको झन्डा फहराउदै विश्वकप फुटबल हेर्न कतार पुगेका गायक बद्रि पंगेनीले भर्खरै लेखे यस्तो स्टाटस-

काठमाडौं– लोक गायक बद्रि पंगेनी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन्।आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेर्न उनी यतिबेला रंगशालामा छन्। रंगशालामा खिचिएका तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले भनेका छन्, ‘हजारौं सपनामध्ये एउटा सपना पूरा भएको छ।’

उनी नेपालको राष्ट्रिय झण्डा बोकेर दौरा सुरुवालसहित रंगशालामा उपस्थित भएका छन्। गायक पंगेनीले आफूले आयोजक कतारको पक्षमा हुटिङ गर्ने बताए। खेलप्रेमी पंगेनी पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन अर्जेन्टिनाका लियोनल मेसीको पनि आफू शुभचिन्तक रहेको उनी बताउँछन्।

यद्यपि, उनलाई यसपल्ट इंग्ल्याण्डले जिते हुन्थ्यो लागेको छ। हालसम्मका खेल हेरिरहँदा भने साविक विजेता फ्रान्सले नै जित्न सक्ने सम्भावना देखेका छन् उनले। यसै बीच फिफा विश्वकप कतार २०२२ मा प्रतियोगिताको नियम नमान्दा चार पटकको विजेता जर्मनीले जरिवाना तिर्नुपर्ने भएको छ ।

जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा प्रशिक्षकलाई मात्र उपस्थित गराएपछि फिफाले जरिवानासहित चेतावनी दिएको हो । फिफाले जर्मनी फुटबल संघलाई १० हजार स्विस फ्रान्क (१३ लाख ७५ हजार नेपाली रुपैयाँ) जरिवाना निर्णय गरेको हो ।

फिफा विश्वकपको मिडिया र मार्केटिङ नियमावलीको दफा २.७.२ अनुसार हरेक टोलीले खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै खेलाडी पठाउनुपर्ने उल्लेख छ । तर जर्मनीले स्पेनविरुद्ध खेलको अघिल्लो दिन प्रशिक्षक हान्सी फ्लिकलाई मात्र पत्रकार सम्मेलनमा पठाएको थियो । खेलाडी नपठाएपछि फिफाले चेतावनी दिँदै जरिवाना गरेको हो ।

विश्वकपमा हरेक खेलको अघिल्लो दिन सहभागी टोलीका खेलाडी र प्रशिक्षकले पत्रकार सम्मेलनमा अनिवार्य उपस्थिति जनाउनुपर्ने हुन्छ । यसबाहेक खेलको समाप्तिसँगै प्रशिक्षक र प्लेयर अफ द म्याचले पनि मिडियासँग बोल्छन् । यसबाहेक खेल सकिएपछि हरेक खेलाडी मिडियाका लागि छुट्टयाइएको क्षेत्र पार गर्नुपर्ने हुन्छ ।

जर्मन फुटबल संघ र फिफाबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन । जर्मनीका कप्तान म्यानुएल नोएरलाई ‘वन लभ’ अंकित क्याप्टेन ब्यान्ड लगाउन नदिएसँगै जर्मनीले फिफासँग छलफल गर्ने बताएको थियो । यसकै विरोधमा जर्मनीका खेलाडीले जापानविरुद्ध खेलमा टिम फोटो लिँदा हातले मुख छोपेका थिए । तर फिफाले यसबारे कुनै कारवाही गरेन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment