Latest
img

कतारबिरुद्द नेदरल्यान्ड्सले गर्यो १ गोल

फिफा विश्वकप कतार २०२२ अन्तरगत आज मंगलबार आयोजक कतार र नेदरल्यान्ड्स बिचको अन्तिम खेलमा नेदरल्यान्ड्सले १ गोल गरेको छ ।खेल अल बायातमा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु भएको हो । यही समयमा यही समूहको अर्काे खेलमा इक्वेडर सेनेगलबीच प्रतिस्पर्धा भैरहेको छ ।

नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । नेदरल्यान्ड्स बराबरीमा रोकिदा इक्वेडर र सेनेगलमा जित्ने टोली समूह विजेता बन्नेछ ।समूह चरणबाट बाहिरिसकेको कतार अर्थहीन खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै आफ्नो अन्तिम खेललाई सुखद् बनाउन चाहन्छ ।

कतारसँग युसेफ हसन, पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम अहमद, जसम गाबेर, अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, स्माइल मोहम्मद, नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी रहेका छन् ।

नेदरल्यान्ड्सलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त रहेपनि टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । नेदरल्यान्ड्सको बराबरी या हारले अर्काे खेलमा स्पष्ट नतिजा निकाल्ने टोली समूह विजेता बन्नेछ । यसै समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स जुनसुकै नतिजामा पनि अर्को चरण पुग्नेछ ।

कतारसँग पराजित भएको अवस्थामा अर्काे खेलमा सेनेगलले जितेमा नेदरल्यान्ड्सको बाहिरिने सम्भावना रहन्छ ।यता, नेदरल्यान्ड्सँग एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्र्जिल भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरिएन टिम्बर,

स्टेफान डे भ्रिज, स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर, स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग, र वुट वेघस्र्ट रहेका छन् ।

नेदरल्यान्ड्स विश्वकप इतिहासमा अभाग्यशाली टिमको रुपमा रहेको छ । तीनपल्ट फाइनलमा पुगेर पनि च्याम्पियन बन्न सकेको छैन । डच टिम सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो । सन् २०१४ मा भने नेदरल्यान्ड्स तेस्रो भएको थियो । यि दुई टोली कुनै पनि खेलमा पहिलोपटक आमान–सामाने हुन लागेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment