Latest
img

हुनेनै भयो त नागरिकता विधेयक पास ? भोलिको संसद् बैठकमा पेस हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ ।

प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशाेधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् ।

सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाएको थियो ।

तर राष्ट्रपतिले विज्ञहरूसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिनुभएको थियो । उहाँले नागरिकता विधेयक फिर्ता गर्नुका कारणसमेत संसद् सचिवालयलाई पठाउनुभएको थियो ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक आज प्रतिनिधि सभामा पेस भइसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment