Latest
img

अब केहि भोट मात्र गन्न बाकी रहदा समानुपातिकमा कुन पार्टीको कति ? माधवको पार्टीलाई थपियो यति धेरै-

मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म ९९ लाख ८८ हजार ५८५ मत गणना सम्पन्न भएको जनाएको छ ।

जसअनुसार ७ वटा पार्टीको थ्रेस होल्ड कटेर राष्ट्रिय पार्टी बनेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टी थ्रेस होल्ड भेट्न संघर्षरत छ । समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।

हालसम्मको मतगणनाअनुसार २६ लाख ९२ हजार मतसहित एमाले पहिलो स्थानमा छ । यस्तै दोस्रोमा रहेको कांग्रेसले २५ लाख ४६ हजार मत पाउँदा तेस्रोमा रहेको माओवादी केन्द्रले ११ लाख ४३ हजार मत पाएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार मत पाउँदा राप्रपाले ५ लाख ६९ हजार मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ८८ हजार तथा जनमत पार्टीले ३ लाख ४८ हजार मत पाएको छ । यस्तै थ्रेसहोल्डका लागि संघर्षरत एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार मत पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार र लोसपाले १ लाख ४७ हजार मत पाएको निर्वाचन अयाोगले जनाएको छ ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

समानुपातिकमा तीन प्रतिशत पुराएर राष्ट्रिय पार्टी बन्न तथा समानुपातिकबाट सीट हात पार्न तीन लाख २० हजार हाराहारी मत ल्याउनुपर्छ । अब गन्न बाँकी रहेको आठ लाख ५५ हजारबाट माधवको पार्टीले पाँच दशमलव ११ प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ ।

९९ लाख ८८ हजार भन्दा केही बढि मत गन्दा तीन प्रतिशत पुराउन नसक्ने माधवको पार्टीले आठ लाख ५५ हजार मत गर्दा पाँच प्रतिशतभन्दा धेरै मत कसरी ल्याउँछ ? प्रश्न उठेको छ । तर, जनस्तरबाट उठेका यस्ता प्रश्नमा लाज नमानी सरकार समालिरहेको सत्ता गठवन्धनले माधवको पक्षमा जादू नगर्ला भन्न सकिन्न ।

यही गडबडी देखेर एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समानुपातिक मत गणनामा चनाखो बन्न कार्यकर्ता पंक्तिलाई अपिल गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment