Latest
img

बालेन शाह विरुद्ध धरानमा पनि सुकुम्वासीको प्रदर्शन

धरान : काठमाडौँका मेयर बालेन शाहले गएको सोमबार काठमाडौँको थापाथलीमा बस्दै आएका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई उठाउन जबरजस्ती डोजर चलाएको विरोधमा धरानका सुकुम्वासीले विरोध र्‍याली निकालेका छन्।

मंगलबार अखिल नेपाल सुकुम्वासी सङ्घ धरान नगरको आयोजनामा धरान-१ स्थित पुरानो हस्पिटल देखि भानुचोक सम्म विरोध र्‍याली सँगै कोणसभा भएको थियो ।भानुचोकमा निकालिएको र्‍यालीमा मेयर बालेन शाह विरुद्ध ‘बालेन शाह मुर्दावाद’, ‘जबरजस्ती सुकुम्वासी माथि डोजर चलाउन पाइँदैन’ जस्ता नारा लागेका थिए ।

कोणसभाको सञ्चालन सुकुम्वासीका नेता नरध्वज तामाङले गरेका थिए भने अखिल नेपाल सुकुम्वासी सङ्घ जिल्ला सदस्य राम राई, सुकुम्वासी नेता सन्जुहाङ साँवा र अखिल नेपाल सुकुम्वासी सङ्घ केन्द्रीय सदस्य सुदर्शन श्रेष्ठले कोणसभालाई सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य श्रेष्ठले काठमाडौँको थापाथलीमा बसोबास गरिरहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा विना विकल्प जबरजस्ती डोजर लगाउने कार्य कानुनी राज्य र नीतिको बर्खिलाप र अमानवीय कार्यको भएको बताए । उनले वास्तविक भूमिहीन तथा वास्तविक सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई पहिचान गर्न र समाधान गर्न राष्ट्रिय भूमि आयोग केन्द्रीय कार्यालय ताहचल,

जिल्ला समिति काठमाडौँ र काठमाडौँ महानगरको सम्झौता भइसकेको बताउँदै वर्षौँ देखि बसोबास गरिरहेका बस्तीवासी जनसमुदाय काठमाडौँ सहर निर्माण गर्ने श्रमजीवी भएको र सुकुम्वासीको मतले सत्तामा पुगेर, सम्भ्रान्त वर्गको पक्षपोषण गर्दै श्रमजीवी वर्ग माथि वर्गीय विभेद लाद्ने र अत्याचार गर्ने,

सत्ता र शक्तिको आडमा डोजर लगाई उठिबास लगाएको विरुद्ध धरानको सुकुम्वासीहरूले पनि साथ दिएको र गलत हर्कत नसचिए नेपालभरका ७० लाख सुकुम्वासी काठमाडौँ उतार्ने चेतावनी दिए ।लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान २०७२ मा उल्लेखित जनताको मौलिक नैसर्गिक आवास र आवास प्राप्तिको हकको धज्जी उडाउँदै,

जनताको बाच्न पाउने अधिकारप्रतिको अपमान र अ’पराध गरेको भन्दै भूमिहीन, सुकुम्वासी माथि डोजर होइन, लालपुर्जा, सुरक्षित आवास, रोजगार र पोषण सहितको अधिकार व्यवस्थापन गर्नुपर्ने बताए । उचित विकल्प देशभरका कुनै पनि भूमिहीन, सुकुम्वासी बस्ती जबरजस्ती हटाउने कुचेष्टा नगर्न तथा भूमिहीन,

सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुका न्यायका लागि उठेका आवाजहरूलाई कुल्चिने प्रयास गरेमा त्यसको विरुद्ध भूमिहीन, सुकुम्वासीहरू एकजुट भई आफ्नो अधिकारको रक्षाको लागि सशक्त आन्दोलन र कडा प्र’ तिकारमा उत्रिने चेतावनी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment