Latest
img

एमालेका फटा कार्यकर्ताले जिवितै रहेका मेयरका पितालाई समेत म’ रेको घोषणा गरिदिए

मतदान सकिएको एघार दिन भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन ।चापाकोटको बिषयमा एक पछि अर्काे रहस्यहरु खुल्दै गएकाछन् । नेकपा (एमाले) ले मरेका र बिदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गर्यो ।

जसले सामाजिक सञ्जालनमा निक्कै चर्चा पनि पायो ।एमालेका नेता तथा स्याङ्जा २ का एमालेका तर्फबाट उमेद्वार बन्नु भएकी पद्मा कुमारी अर्याल, उहाँका श्रीमान् लक्ष्मीपति पौडेल, एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे, लगायतले सामाजिक सञ्चालनमा धेरै व्यक्तिहरु म’ रिसकेको र बिदेशमा रहेको भन्दै नामावली सार्वजनिक नै गरे ।

सार्वजनिक भएका नामावली मध्ये धेरै व्यक्तिहरु जीवितै रहेको र विदेशमा भनिएका व्यक्तिहरु स्वदेशमा नै रहेको पुष्टि हुँदै गएको छ ।एमालेका नेताहरुले सार्वजनिक गरेको मृतक मतदाता भनिएको नामावलीमा चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँणका बुवाको नाम पनि समावेश छ ।

खाँणका वुवा गोबिन्द बहादुर खाँण भने जीवितै हुनुहुन्छ ।नगरप्रमुख खाँणले सामाजिक सञ्चालनमा लेख्नु भएको छ, ‘मेरो पुजनीय पिता गोविन्द बहादुर खाँणको मृ’ त्युु भएको भनी संचारका माध्यमहरूमा एमाले स्याङ्जाले नाम उल्लेख्य गरेको कार्यले दुखित बनाएको छ ।

जिवितै मान्छे लाई मृ’ त्यु भनी स्याङ्जामा एमालेबाट गरिएको अमर्यादित कार्य प्रति घोर भत्सर्ना सहित कारबाहीको माग गर्दछु ।समाजमा यस्ता नकारात्मक संदेश दिने , सामाजिक द्व’ न्द्व बढाउने र समाजलाई आतंकित बनाउने कार्य निन्दनीय छ ।’खाँण मात्रै होईन मृ’ तक मतदाता भनिएका धेरै व्यक्ति सार्वजनिक भएकाछन् भने उनीहरुले आ’ क्रोस समेत पोखिरहेकाछन् ।

चापाकोट नगरपालिका वडा नम्वर ५ की ७६ बर्षीय जुनमाया दमै पनि जीवीतै हुनुहुन्छ । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको हो ।यस्तै चापाकोट ४ का बुद्धि बहादुर शाही पनि जीवितै रहेको भिडियो सार्वजनिक भएको छ । चापाकोटका धेरै व्यक्तिहरु यसरी सार्वजनिक हुने क्रम चलिरहेको छ ।

मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि अझै मतगणना हुन सकेको छैन ।चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ क’ व्जा भएको नेकपा (एमाले)ले आरोप लगाउदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिदै आएकाछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment