नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ।
बुधबार बसेको केन्द्रीय समीति बैठकमा कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।
यो निर्णयसँगै गत वर्ष नेकपा (एमाले) बाट विभाजन भएर बनेको एकीकृत समाजवादी र माओवादी एक हुने प्रक्रिया सुरू हुने भएको छ।
माओवादीसँगको एकताबारे एकीकृत समाजवादीभित्र पनि केही असन्तुष्टिका आवाज सुनिएका छन्।
माओवादी अध्यक्ष प्रचण्डले नेकपा एससँग एकता प्रक्रिया बढेको खुलासा गरिसकेका छन् । सम्भवतः चुनावमा उम्मेदवार मनोनयन अगाडि नै एक भएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भएको छ ।
यसअघि डा. बाबुराम भट्टराईले माओवादीसँग एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार भएर समझदारी गरिसकेका छन् । तर, चुनाव चिन्हको टुंगो लागेको छैन ।
Leave A Comment