Latest
img

युवालाई रोजगारी दिन जमिन भाडामा लिएर तरकारी खेती गर्दै व्याँस गाउँपालिका

दार्चुला । देशमा रोजगारी नहुदा दैनिक हजारौ नेपालीहरु बिदेशिन बाध्य छन् । नत केन्द्रले कुनै योजना ल्याएको छ नत स्थानीय सरकारको नै कुनै योजना देखिन्छा । तर दार्चुलाको व्याँस गाउँपालिकामा कृषि विकास शाखाले जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरेको छ ।

व्याँस गाँउपालिका कृषि विकास शाखा सुन्सेरा दार्चुलाको चालू आर्थिक वर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार व्याँस गाउँपालिका–४ सुन्सेरा साईमा पाँच रोपनी जग्गा भाडामा लिएर कृषि फर्म स्थापना गरिएको कृषि शाखा प्रमुख विश्वेश्वरप्रसाद बडूले जानकारी दिनुभयो ।

स्थानीय पार्वती कुवँरको जमिन भाडामा लिएर गाउँपालिका आफैले तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो । व्याँस गाउँपालिकाको गत भदौ २२ गते बसेको बैठकले कृषि फर्म स्थापनाका लागि २० लाख बजेट विनियोजन गरेको छ । कृषि विषय अद्ययन गरेका बेरोजगार युवाहरुलाई उद्यमसंग जोड्ने र नौँलो प्रविधि सिकाउने उद्धेश्यले गाउँपालिकाकै लगानीमा कृषि फर्म स्थापना गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।

चाँडै विज्ञापन आह्वान गरेर १० जना कृषि जेटिए र १० जना स्वयमसेवक भर्ना गरि कृषि फर्म सञ्चालन गर्ने तयारी भइरहेको कृषि विकास शाखा प्रमुख विश्वेश्वर बडूले बताउनुभयो । अहिले स्थानीयहरुको सहयोगमा पानी सिचाई, जमिन तयारी र प्लाष्टीक मल्चिङ गरेर तरकारीको विउ लगाउने काम भइरहेको छ ।

अहिले फर्ममा काउली, बन्द, प्याज, मुला, रायो, पालुगों जस्ता हरियो सागपात लगाइदैछ, उहाँले भन्नुभयो, कृषि जेटिए र स्वयमसेबक भर्ना भइसकेपछि फागुन महिनासम्ममा थप जमिन भाडामा लिएर आलु खेती गर्ने योजना छ ।गाउँपालिकाको कृषि फर्ममा उत्पादन भएको तरकारी स्थानीय बजार र दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेका विद्यालयहरुमा बिक्रिवितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

निकट भविष्यमै २५ रोपनीसम्म जमिन भाडामा लिएर नमुनाका रुपमा कृषि फर्म सञ्चालन गरीने कृषि शाखा प्रमुख बडूले बताउनुभयो । स्थानीयलाई तरकारी खेतीप्रति प्रोत्साहन गर्ने र बेरोजगार युवाहरुलाई उद्यमसंग जोड्ने उद्धेश्यका साथ कृषि फर्म नमुनाका रुपमा सञ्चालन गर्न लागिएको उहाँको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment