Latest
img

विदेशी संस्कृति भित्रिन थाल्यो मान्छेले मौलिकता भुल्दै गएपछी ‘सक्किगो नि’को नयाँ एपिसोड तयार

मंसिर लागेसँगै विवाहको मौसम सुरु भएको छ । पछिल्लो समय विवाह संस्कारमा आएको विदेशी प्रभावलाई लिएर कतिपय चिन्तित पनि छन् ।जीवनमा एकपटक गर्ने विवाहलाई किन धुमधामले नगर्ने भन्दै एकथरी खर्चिलो प्रवृत्तिलाई बढावा दिइरहेका छन् ।

यो प्रवृत्तिलाई कटाक्ष गर्दै हास्य टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ले विवाह विशेष एपिसोड तयार पारेको छ ।नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले श्रृंखला तयार पारिएको निर्देशक अर्जुन घिमिरेले बताए । दर्शकले आगामी बिहीबार राति ८ बजे हिमालय टीभीमा विवाह विशेष श्रृंखला हेर्न पाउनेछन् । ‘विवाह सिजनले नेपाली संस्कृति र कला हरायो ।

विदेशी संस्कृति भित्रिन थाले र मान्छेले मौलिकता भुल्दै गए । नेपाली संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले एपिसोड तयार पारेका छौं,’ पाँडेले भनेका छन् ।चुनावको समयमा चुनावको कथावस्तुमा केन्द्रित भएका हास्यश्रृंखला यसपटक विवाह केन्द्रित भएका छन् । कतिपयले विश्वकप फुटबलको कथावस्तुमा आधारित रहेर श्रृंखला निर्माण गरिरहेका छन्

यो पनि -यतिबेला टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्ड चलिरहेको छ । प्रतिस्पर्धीले दर्शकलाई भोट मागिरहेका छन् । आम दर्शकदेखि नेता तथा सेलिब्रिटीसम्म भ्वाइसको क्रेज देखिएको छ । धरानका मेयर हर्क साम्पाङलाई सुरुदेखि नै भ्वाइस अफ नेपालप्रति लगाव देखिएको छ ।

भ्वाइस सुरु हुनेबेला उनले फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए । यसपटक उनले प्रतिस्पर्धी सविना योङहाङका लागि भोट मागेका छन् ।बुधबार बिहान फेसबुकमार्फत सविनाको तस्वीर सेयर गर्दै मेयर साम्पाङले उनीप्रति समर्थन जनाएका छन् । उक्त पोस्टमा धेरैले सविनालाई जितको अग्रिम शुभकामना दिएका छन् ।

सविना टिम राजेशको समूहबाट प्रतिस्पर्धा गरिरहेकी छिन् । लाइभ शोमा दर्शकले मतदान गर्न पाउने भएपछि सामाजिक सञ्जालमा आफूलाई मनपर्ने ट्यालेन्टको पक्षमा जिताऊ अभियान पनि सुरु भएका छन् ।द भ्वाइस अफ नेपाल शुक्रबार र शनिबार हिमालय टीभीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment