एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजको खेलमा ट्युनिसिया र फ्रान्स बीच भएको खेलमा ट्युनिसियाले १ गोल गरेको छ ।आफ्नाे स्टार खेलाडीलाई विश्राम दिएर मैदानमा उत्रिएकाे फ्रान्सलाई समूह चरणकाे अन्तिम खेलमा ट्युनेसियाले १ -० को अग्रता लिदै गम्भिर धक्का दिएकाे हो ।
फ्रेन्च डिफेन्डरकाे गल्तीकाे फाइदा उठाउँदै ट्युनेसियाका लागि वाहवी खाज्रीले गाेल गरेका छन्। उनले ५८ मिनेटमा गाेल गरेका हुन्। गाेल गरेसँगै उनलाई परिवर्तन गर्दै ट्युनेसियाले इसाम जेबालीलाई मैदानमा प्रवेश गराएकाे छ। ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि शुरु भएको हो ।
साविककाे विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेकाे छ । फ्रान्सलाई पराजित भएपनि कुनै असर हुनेछैन । तर टाेली जित निकालेर समूह विजेता बन्दै अघिल्लाे चरणमा पुग्ने दाउमा हुनेछ ।ट्युनिसियालाई अघिल्लाे चरण पुग्न फ्रान्सलाई हराउनुकाे साथै अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीचकाे खेलकाे नतिजा आँफु अनुकुल आउनुपर्नेछ ।
अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदा अष्ट्रेलियालाई बराबरीकाे नतिजा पर्याप्त रहँदा डेनमार्कलाई जित बाहेक विकल्प छैन ।याे समूहमा फ्रान्सकाे ६ अंक छ । अष्ट्रेलियाकाे ३ तथा डेनमार्क र ट्युनिसियाकाे समान १ अंक छ ।यस्तै समूह सी मा आज अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुदैछ ।
दुबै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ ।पोल्याण्ड ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।अर्जेन्टिना र साउदी अरेबियाकाे समान ३ अंक छ। मेक्सिकाेकाे १ अंक ५ ।पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जिते अर्जेन्टिनाको समूह विजेता बन्ने सम्भावना छ ।
बराबरीले अघिल्लाे चरण पुग्ने झिनाे सम्भावना रहँदा हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।पोल्याण्डलाई भने बराबरीकाे नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। बराबरी खेलेकाे अवस्थामा अर्काे खेलमा साउदी विजयी भए पोल्याण्ड उपविजेता बन्नेछ ।
हारले पनि झिनाे आशा रहँदा मेक्सिकाेले साउदीलाई कम अन्तरमा तथा आँफु पनि कम अन्तरमा हारेकाे हुनुपर्नेछ ।अर्काे खेलमा साउदीले मेक्सिकाेलाई हराए अघिल्लाे चरणकाे यात्रा तय गर्नेछ । हार या बराबरीले टाेलीकाे अघिल्लाे चरणकाे यात्रा झिनाे बन्नेछ । मेक्सिकाेलाई पनि अघिल्लाे चरण पुग्न जित बाहेककाे विकल्प छैन ।
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सको कप्तानी राफाएल भारानले सम्हाल्ने भएका छन् । ट्युनिसियाविरुद्ध नियमित कप्तान ह्युगो लोरिसलाई विश्राम दिएपछि भारानले कप्तानी गर्ने भएका हुन् ।फ्रान्सले आज अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको छ ।
गोलरक्षक लोरिसको स्थानमा स्टिभ मान्डान्डाले पहिलो रोजाइमा खेल्दैछन् । भारानले टोलीको कप्तानी गर्नेछन् । यसअघि सन् २०१८ को समूह चरणको अन्तिम खेलमा पनि भारानले डेनमार्कविरुद्ध टोलीको कप्तानी गरेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
चोटका कारण सुरुवाती खेल विश्राम गरेका उनले दोस्रो खेल सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनी घाइते हुन पुगेका थिए । डिफेन्समा भारानसँगै एक्सेल डिसासी, इब्राहिमा कोनाटे र युसुफ फोफाना खेल्दैछन् । लेफ्ट ब्याक लुकास हर्नान्डेज पहिलो खेलमा घाइते भएपछि उनका भाइ थिओ हर्नान्डेजले उक्त पोजिसनमा खेल्दै आएका थिए ।
आज थिओले पनि विश्राम पाउँदा फोफाना लेफ्ट ब्याक पोजिसनमा खेल्दैछन् ।मिडफिल्डमा ओरेलिएन चुआमेनीले निरन्तरता पाएका छन् । उनलाई माटियो गुएन्डोजी, एडुआर्डो कामाभिन्गा र जोर्डन भेरेटुले साथ दिनेछन् । आक्रमणमा किंग्सले कोमान र रान्डल कोलो मुआनी खेल्नेछन् ।
पछिल्लो दुई खेलमा तीन गोल गरेका फरवार्ड किलीयन एमबाप्पे यस खेलका लागि बेन्चमा रहेका छन् । एन्टोइन ग्रिजमन र ओलिभिएर जिरुडले पनि विश्राम पाएका छन् ।
Leave A Comment