काठमाडौं । क्या’ न्सर पीडित ब्राजिलका ‘महान’ फुटबलर पेले बुधबार अस्पतालमा भर्ना भएका छन् । पेलेकी छोरीले बुधबार सामाजिक सञ्जालमा बुबालाई अस्पताल भर्ना गरिएको जानकारी दिँदै ‘कुनै आपतकालीन’ अवस्था नहरेको बताएकी छन् ।
ईएसपीएन ब्राजिलले पेलेलाई अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य समस्या पत्ता लगाउन थप परीक्षण गराइएको बताइएको छ । “मेरो बुबाको स्वास्थ्यको बारेमा आज मिडियामा धेरै चिन्ता व्यक्त भएको छ । उहाँ नियमित परीक्षणका लागि अस्पतालमा हुनुहुन्छ,”
पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन्, “त्यहाँ कुनै आपतकालीन वा नयाँ भ’ यानक अवस्था छैन । म नयाँ वर्षको लागि त्यहाँ हुनेछु र केही तस्बिरहरू पोस्ट गर्ने वाचा गर्दछु ।’’२ वर्षे पेलेको सेप्टेम्बर २०२१ मा पेटबाट ट्यु’ मर हटाइएको थियो ।
त्यसपछि उनी नियमित रूपमा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् । ईएसपीएन ब्राजिलले पेलेलाई हृदया घा’ त भएको र उनको केमोथेरापी उपचारले अपेक्षित नतिजा नआएकोमा उनको मेडिकल स्टाफले चिन्ता देखाएको जनाएको छ । पेलेका प्रबन्धक र अल्बर्ट आइन्स्टाइन अस्पतालले भने तत्काल प्रतिक्रियाका लागि अस्वीकार गरेको छ ।
यो पनि -स्पेनबाट प्रकाशित हुने राष्ट्रिय दैनिक ‘मार्का’ का अनुसार क्रिष्टियानो रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल नास्सरको प्रस्ताव स्विकार गरेका छन् ।मार्काले कतारमा जारी विश्वकपकै दौरान अल नास्सरले राखेको सम्झौताको प्रस्तावमाथि रोनाल्डो सकारात्मक रहेको र स्विकार गरेको खबर प्रकाशन गरेको हो ।
रोनाल्डो अब विश्वकप लगतै फ्रि ट्रान्सफरमा साउदीको क्लब अल नास्सरसँगको सम्झौतालाई औपचारिकता दिने भएका छन् । क्लबले रोनाल्डोसँग साढे दुई वर्षको सम्झौता गर्ने तयारी गरिरहेको छ ।अल नास्सरले रोनाल्डोलाई प्रति सिजन दुईसय मिलियन युरो दिने अनौपचारिक सम्झौता भएको छ ।
यसको अर्थ रोनाल्डोले साढे दसई वर्षको लागि अल नास्सरबाट पाँचसय मिलियन युरो लिनेछन् ।आफ्नो खेल जिवनको सम्भावित अन्तिम विश्वकपमा सहभागि भइरहेको रोनाल्डो पोर्चुगललाई विश्वविजेता बनाउने अभियानमा कतारमा कढा परिश्रम गरिरहेका छन् ।
विश्वकप शुरु हुन केही दिनअघिमा बेलायतका चर्चित पत्रकार पिएसै मोर्गनलाई दिएको अन्तरवर्तामा रोनाल्डोले म्यान्चेस्टर युनाइटेड भित्रको कमि कमजोरी, ब्यवस्थापकहरुको ब्यवहार र प्रशिक्षक एरीक टेन् हागसँगको आफ्नो बिथ्रिदो सम्बन्धको बारेमा खुलेर बोलेका थिए ।
त्यसपछि उनको अन्तरवार्ता चित्त बुझ्दो नभएको भन्दै म्यान युले रोनाल्डोसँगको आपसी समझदारीमा सम्झौता खारेज गरेको थियो ।यसपछि रोनाल्डोको विश्वकप पश्चात खेल जिवन कस्तो रहने भन्दै अन्यौलतासँगै चर्चाको विषय बनिरहेको छ ।
Leave A Comment