काठमाडौ- फिफा विश्वकप फुटबलमा समूह ‘सी’बाट दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र पोल्यान्डको खेल हुँदैछ । सो खेल स्टाडियम ९७४ मा नेपाली समय अनुसार मध्य राति १२ः४५ बजेबाट सुरु हुँदैछ ।
अहिले पोल्यान्ड ४ अंकका साथ शीर्ष स्थानमा छ भने अर्जेन्टिना ३ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल हुँदा लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई स्पष्ट जित आवश्यक पर्छ भने रोवर्ट लेवानडोस्कीको टिम पोल्यान्डलाई कम्तीमा बराबरी नतिजा भए पनि अन्तिम १६ मा जान काफी हुनेछ ।
एक प्रमुख पाधि दाबेदार टिम भएकाले अर्जेन्टिना ज्यादा दबाबमा हुनेछ ।यस समूहको समीकरण यस्तो छ कि, यदि आज अर्जेन्टिना पोल्यान्डसँग पराजित भयो अनि अर्को खेलमा साउदी अरबले मेक्सिकोलाई हरायो भने अर्जेन्टिनाको विश्वकप यात्रा आजै राति सकिनेछ ।
पछिल्लो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले र पोल्यान्डले साउदी अरबलाई २–० नै हराएको थियो । अपराजित पोल्यान्ड आज अर्जेन्टिनालाई पनि हराउँदै समूह विजेता बनेर अर्को चरण जाने दाउमा छ भने अर्जेन्टिना पोल्यान्डलाई हराएर आफू समूह विजेता बन्न चाहन्छ ।
यो खेलमा स्पष्ट जित निकाल्ने टिम समूहको विजेता बन्नेछ । यदि पोल्यान्ड र अर्जेन्टिनाले बराबरी खेले अर्को खेलमा साउदीले मेक्सिकोलाई हराए साउदी पनि समूह विजेता बन्ने सम्भावना छ ।यसअघि मेक्सिकोविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमा निकै झुर प्रदर्शन गरेको थियो ।
सो खेलमा एन्जल डि मारिया र लौटारो मार्टिनेजको प्रदर्शन बिर्सनलायक थियो । अब अर्जेन्टिनाले अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ ।यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ ।
अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्यान्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ ।
त्यस्तै अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ ।यि दुई टोली हालसम्म ११ पटक खेलेका छन् । अर्जेन्टिनाले ६ खेल जित्दा पोल्यान्डले ३ खेल आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरीा सकिएको छ ।
पछिल्लोपटक यि दुई टोलीले सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्ड २–१ ले विजयी भएको थियो । पोल्यान्डको अहिलेको टोलीमा त्यस बेला खेलका गोलरक्षक वोजसिएच स्जेस्नीसँगै रोबर्ट लेवान्डोस्की रहेका छन् ।
Leave A Comment