Latest
img

सुन तस्करको अनेक तरिका सुनकै कपडा लगाएर आएका ब्यक्ति एरपोर्ट बाटै पक्राउ

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका एक जना सुनसहित पक्राउ परेका छन्।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका २४ वर्षीय सोमबहादुर विक भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन्।

विमानस्थल प्रहरीले सुनको जलप लगाएको एक किलो कपडा बरामद गेर पनि गलाउँदा ४१८ ग्राम निस्किएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही उडानबाट आएका रिवाज गजमेर पनि पक्राउ परेका छन्। एक किलो ७ सय ग्राम सुनको जलपसहितको कपडासहित उनी पक्राउ परेका हुन्। सुनलाई पग्लाउँदा ५५४ ग्राम सुन निस्किएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुलीका सागर न्यौपाने र धनबहादुर विकलाई समेत प्रहरीले पक्राउ गरेको छ।

अन्नपुर्ण पोष्टमा खवर छ

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment