Latest
img

खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि फिफामा उजुरी

फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो । उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भएको थियो ।

एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनेटमा गोल गरेका थिए ।तर रेफ्री म्याथ्वु कोङ्गरले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिएका थिए । जसले गर्दा फ्रान्स पराजित भयो ।

चुवामेनीले बल क्रस गर्दा ग्रीजमन अफसाइडमा देखिएका थिए । तर बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए ।एफएफएफले खेल सकिएको २४ घण्टा भित्रमा फिफामा उजुरी हाल्न पाउने जनाएको छ । यसबारे अन्य केही जानकारी भने आएको छैन ।

साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलो पटक पराजित भएको हो । हारका बावजुत पनि समूह ‘डी’ मा ६ अंक जोड्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । फ्रान्सले अब समूह ‘सी’ को उपविजेता पोल्याण्डसँग खेल्नेछ ।

यो पनि – कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने समीकरण कठिन बनेको थियो ।

तर, दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २–० को नतिजामा हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को अन्तिम–१६मा स्थान पक्का गरेको छ । “पेनाल्टीमा चुक्दा रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो । हामीलाई थाहा थियो कि एक गोल भएपछि खेल परिवर्तन हुनेछ,’’

मेसीले खेलपछि भने, “अघिल्लो खेलको नतिजाले हामीलाई धेरै मानसिक शान्ति दियो । हामी जित्नुपर्छ भन्ने सोचेर मैदानमा निस्कियौँ ।’’अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए ।

जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यस अघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए ।

पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अष्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

आजै भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको थियो । फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको थियो । “अष्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ । जो कोहीले कसैलाई पनि हराउन सक्छ । विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ,’’

मेसीले थपे, “हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले आज जे गर्यौं त्यसलाई निरन्तरता दिन सक्नेछौं ।’’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment