मेयर बालेन र रास्वपाका सभापति लामिछानेले ४ मंसिरमा प्रदेशसभा सदस्यका उम्मेदवारलाई मत दिएनन् । त्यति मात्र होइन, रास्वपाले प्रदेशमा आफ्नो उम्मेदवार नै उठाएन । उसले उम्मेदवार नपाएर होइन, नचाहेर हो ।‘बालेनको टिमसँग प्रदेशमा उम्मेदवार नउठाउने सहमतिअनुसार मतदान गरेको हो ।
मुद्दामा एक भएपछि बालेनको टिमका कार्की रास्वपामा आउनुभएको हो,’ ती नेताले भने । बालेनको टिममा रहेर काम गरेका कार्की प्रादेशिक संरचनामा एक भएका कारण रास्वपामा आबद्ध भएको स्वीकार गर्छन् । ‘प्रादेशिक संरचनाले काम गरेको छैन । यसमा सुधार हुनुपर्छ भन्ने हो,’ उनले भने ।
हाल बालेन स्वतन्त्र उठेर चुनाव जितेकाले पार्टीमा आबद्ध नभएको ती नेताले बताए । ‘स्वतन्त्र उठेको मान्छे पार्टीमा लाग्न मिल्छ भन्ने प्रश्न आउने भएकाले हो,’ उनले भने । तर अर्को चुनावसम्म मुद्दा मिलेमा बालेन पनि रास्वपामा आउनसक्ने संकेत गर्छन् कार्की ।
पार्टीले राम्रो गर्दै गयो भने एकै ठाउँमा रहन सकिन्छ । बालेन अहिले पदमा रहेकाले आउनुहुन्न । पछि आउने सम्भावना रहन्छ,’ उनले भने, ‘म दुवैतिर नजिक छु । बालेनलाई पनि सक्दो सहयोग गर्छु ।’२०७३ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सिधा कुरा प्रधानमन्त्री कार्यक्रम चलाउँथे रवि लामिछाने ।
ओलीकाे सरकार ढलेपछि नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसँग संवाद गरेनन् । त्यसपछि सिधा कुरा जनतासँग चलाएर लोकप्रिय बनेका हुन्, रवि ।उनको टेलिभिजन कार्यक्रमको लोकप्रियताले पनि धेरै मत आएको दाबी गर्छन् रास्वपाका नेताहरू । ‘उहाँको क्रेजले पनि काम गरेको हो,’ प्रवक्ता ढकाल भन्छन् ।
गत असारमा रविले पार्टी गठन गर्दैगर्दा ठूला भनिएका दलले टेलिभिजनमा कार्यक्रम चलाए जस्तो पार्टी चलाउन नसक्ने भन्दै होच्याएका थिए । तर अन्ततः उनको क्रेजले नै रास्वपाले मतदाताको मन र मत तान्यो ।सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चल्यो ।
पुराना नेतालाई बिदाइ गर्नुपर्ने अभियान सामाजिक सञ्जालमा चल्यो । निर्वाचन आयोगले ‘नो नट अगेन’ फेसबुक पेज बन्द गर्न उर्दी जारी गर्यो । आयोगको उर्दीपछि झन् सामाजिक सञ्जाल तात्यो ।यसको फाइदा अप्रत्यक्ष रूपमा रास्वपालाई पुग्यो । कतिपयले यो अभियान रास्वपाले नै चलाएको आरोप लगाए ।
तर, रास्वपाका नेताहरू यसमा आफूहरूको संलग्नता नरहेको दाबी गर्छन् । ‘हाम्रो कुरा सामजिक सञ्जालमा प्रष्ट राख्यौँ । रास्वपाले पाएको भोट अरु पार्टीको विपक्षमा आएको हो,’ कार्की भन्छन् ।हाल रास्वपाका केन्द्रीय सदस्य रहेका कार्कीलाई सुरुमा आफ्ना उम्मेदवारलाई जिताउन नसकिने हो कि भन्ने लागेको थियो ।
माहोल बन्दै गएपछि आहिले समानुपातिकमा आएको भन्दा दोब्बर मत आउने प्रक्षेपण गरेको उनी बताउँछन् ।‘समानुपातिकमा २० लाख आउने अनुमान थियो, अलि नपुग्ने देखियो,’ उनी भन्छन् । यी त देखिएका अनुहार मात्र हुन् तर रास्वपाको जितमा नदेखिएका अनुहार धेरै छन् । जसको नाम सार्वजजिनक गर्न नमिल्ने छ ।
‘चुनाव चिह्न घण्टी र झण्डा छिट्टै ब्रान्डिङ भयो । कलर पनि राम्रो थियो । चिह्न र झन्डा बनाउनेदेखि रातदिन खटिने कार्यालयका कर्मचारीको भूमिका ठूलो छ,’ प्रवक्ता ढकाल भन्छन्, ‘कति व्यक्तिको नाम लिन मिल्दैन । कमिटिका २४ जनाको भूमिका ठूलो छ ।’
Leave A Comment